बिहिबार, साउन १०, २०८१ Thursday 25th of July 2024

क्रिमसन अस्पताल २ सय शैयाको बन्ने, कर्मचारी सम्मानित

  • प्रकाशित मिति : बुधबार, जेष्ठ ३, २०८०


क्रिमसन अस्पताल २ सय शैयाको बन्ने, कर्मचारी सम्मानित

बुटवल । तिलोत्तमाको मणिग्राममा रहेको क्रिमसन अस्पतालले विभिन्न कार्यक्रम गरी १२ औं वार्षिकोत्सव सम्पन्न गरेको छ । वार्षिकोत्सवका अवसरमा एक दिन ओपीडीका विरामीको निःशुल्क चेकजाँच, रक्तदान र १० वर्ष सेवा गरेका डाक्टर, स्वास्थ्यकर्मी र कर्मचारीलाई सम्मान गरेको हो । अस्पतालमा दीर्घकालीन र उत्कृष्ट सेवा गरेवापत सबिना लामा,सरिता अर्याल,अनिता रावल, जमुना पाण्डेय, शैलु श्रेष्ठ, नरेन्द्र चाैधरी लगायतलाई प्रमाण-पत्र, पाल्पाली करुवा र दाेसल्ला ओेढाएर सम्मान गरिएकाे थियाे ।

कर्मचारी सम्मान कार्यक्रममा अस्पतालका अध्यक्ष दुर्गाप्रसाद पाण्डेय, अस्पतालका सञ्चालक सुरज भट्टराई लगायतले निकट भविष्यमै अस्पतालमा थप सय बेड थपेर कुल २ सय शैयाको अस्पताल बनाउने घोषणा गरे । अध्यक्ष पाण्डेयले अस्पतालको आफ्नै २ बिघा क्षेत्रफल जग्गा भएकाले थप सय बेड थप्ने तयारीमा रहेको बताए । अस्पतालका सञ्चालक सुरज भट्टराईले चिकित्सक र कर्मचारी नै अस्पतालका मेरुदण्ड भएकाले मानवीय सेवा भावले उपचार दिएर बेग्लै पहिचान बनाउनुपर्ने बताए ।
अस्पताल निर्देशक डाक्टर शेखरप्रसाद पाेखरेलले अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई सम्मान गर्दा अस्पताल आफै सम्मानित भएकाे महसुस भएकाे बताउँदै सम्मानित व्यक्तित्वहरुकाे कार्यप्रशंसा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra