सोमवार, साउन ४, २०८३ Monday 20th of July 2026

म बिरामी हुँ, नक्कली चाहिँ होइन – प्रधानमन्त्री अोली

  • स्वस्थ्य पत्र कर्मी
  • प्रकाशित मिति : शनिबार, साउन ११, २०७६


म बिरामी हुँ, नक्कली चाहिँ होइन – प्रधानमन्त्री अोली

काठमाडौं
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको आकस्मिक तथा बहिरंग सेवा संञ्चालन गरिने नयाँ भवनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीको स्वास्थ्य अवस्था राम्रो नभएको जानकारी गराइए पनि उनले लगभग ४५ मिनेट भाषण गरे ।

उनले उक्त भाषणमा बताए :-‘म ६७ वर्ष पूरा हुन लागेँ । हिजो बेलुका मेरो दाहिनेपट्टिको माथिल्लो भागको बुद्धिबंगारो आफैं खुस्कियो । १ सय १ वर्षमा मेरी हजुरआमाले भुटेको मकै चपाउनुहुन्थ्यो । संयोग कस्तो परेछ । मेरो चाँहि हिजो बेलुका मात्रै दाहिनेपट्टिको माथिल्लो बुद्धिबंगारो खुस्कियो । छामेर हेरेँ । जरा पनि छैन । रगत पनि आएन । कति असक्त भएको रहेछ,’ उनले भने ।

नेपालको भूगोल नै औषधि उम्रने तथा जन्मने र हुर्कने किसिमको भएको र जडीबुटीको प्रयोगमा पुर्खाहरुको असाधारण रहेको उल्लेख गर्दै उनले आधुनिक उपचार पद्धतिमा प्राप्त गरेको सफलता तिनै पुर्खाको जेनेटिक मेमोरीका कारण भएको बताए ।

आधा दर्जन बढी पौराणिक, ऐतिहासिक कथाका विषयवस्तुहरु राखेका प्रधानमन्त्री ओलीले भाषणको अन्त्यमा पुग्नै लाग्दा आफू अस्वस्थ रहेको तर भाषण भने लामो गरेको स्वीकार गर्दै नक्कले बिरामी भन्ने भान हुने हो कि भन्दै ठट्टा गरे ।

‘कल्ले पत्याउने ? स्वास्थ्य त्यत्ति राम्रो नभएर नआउने भनेर सुतिरहेको थिएँ । हैन आउनु न त भनेर अलि जोडै गरेपछि उठेर आएको हुँ । बोल्दै जाँदा लामो भएपछि यो नक्कली बिरामी हो कि क्या हो भन्ने पर्ला । म अस्थायी बिरामी हुँ । यो नक्कली चाँहि होइन,’ उनले ठट्यौली शैलीमा भने ।

अस्पतालले स्थापनाकालदेखि अहिलेसम्म १७ हजार बिरामीको ओपनहर्ट सर्जरी गर्न सफल भएकोमा धन्यवाद दिँदै आगामी दिनको सफलताको पनि कामना ब्यक्त गर्दै बिदा भए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

Subscribe

© copyright 2016-2026 and all right reserved to Swasthaya Patra