भदौ १२, बुटवल ।
भक्तिवेदान्त हस्पिटलको आयोजना तथा इस्कोन बुटवलको सहकार्यमा हरे कृष्ण मन्दिर मिलनचोक बुटवलमा रक्तादन कार्यक्रम सम्पन्न भएको छ । बदलिदो मौसम परिवर्तन संगै रगतको माग बढ्दो भएका कारण हस्पिटलको सामाजिक उत्तरदायित्व अनुसार रक्तादान कार्यक्रमको आयोजना गरिएको इस्कोन बुटवलका अध्यक्ष कृपालु गौर सुन्दर दासले बताउनु भयो । रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा ३९ पिन्ट रगत संकलन भएको दासले बताउनु भयो ।