मङ्लबार, साउन ८, २०८१ Tuesday 23rd of July 2024

औषधि व्यावसायी संघको ५१औं स्थापना दिवसमा रक्तदान कार्यक्रम

  • ✍️ कृष्ण गाउँले
  • प्रकाशित मिति : सोमवार, असार ११, २०८१


औषधि व्यावसायी संघको ५१औं स्थापना दिवसमा रक्तदान कार्यक्रम

१० असार । बुटवल ।

नेपाल औषधि व्यावसायी संघको ५१औं स्थापना दिवसको अवसरमा जिल्ला शाखा रुपन्देही र लुम्बिनी प्रदेशको सयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । संघका पूर्व केन्द्रीय अध्यक्ष बाबुराम भट्टराईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सोमबार बुटवल ब्लड बैंक बुटवलमा सम्पन्न रक्तदान कार्यक्रममा ६१ पिन्ट ब्लड संकलन भएको कार्यक्रम संयोजक तथा नेपाल औसधि ब्यावसायी संघ जिल्ला शाखा रुपन्देहीका सचिव कपिल ज्ञवालीले बताए ।

निरोगी ब्यक्तिले रक्तदान गर्दा आफु स्वस्थ हुनका साथै बिरामीहरुको जीवन बचाउन सकिन्छ र त भनिन्छ ‘रक्तदान जीवन दान’ । लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष ,सल्लाहकारहरु, संघ लुम्बिनी प्रदेश पदाधिकारी तथा सदस्यहरु, जिल्ला शाखाका पदाधिकारी तथा सदस्यहरु, क्षेत्र गत संयोजकहरु, विभिन्न उपसमिति सदस्य तथा व्यवसायीहरुको सहभागिता र रक्तदान रहेको कार्यक्रमको अध्यक्षता रुपन्देही जिल्ला शाखाका अध्यक्ष खड्ग बस्नेतको रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra