शनिबार, साउन २, २०८३ Saturday 18th of July 2026

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल लुम्बिनी प्रादेशिक अस्पताल विशेष जिल्ला कमिटी रुपन्देहीको अध्यक्षमा सिता खनाल

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन १६, २०८१


राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल लुम्बिनी प्रादेशिक अस्पताल विशेष जिल्ला कमिटी रुपन्देहीको अध्यक्षमा सिता खनाल

रुपन्देही, फागुन १६ – राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल लुम्बिनी प्रादेशिक अस्पताल विशेष जिल्ला कमिटी, रुपन्देहीको तेस्रो अधिवेशन आज सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ, जसअन्तर्गत सिता खनाल अध्यक्ष पदमा निर्वाचित भएकी छन्।

नवगठित कार्यसमितिमा उपाध्यक्षमा नारायण प्रसाद भण्डारी र डा. प्रसुमा मल्ल, सचिवमा बिरोध पाण्डे, उपसचिवमा राम प्रसाद अर्याल, तथा कोषाध्यक्षमा महेश रानाभाट निर्वाचित भएका छन्।

त्यसैगरी, सदस्यहरूमा बाबुराम बरालि, बसन्ति पाठक, गङ्गादेवी गौतम, भेषराज बन्जाडे, दिपक थापा, गोमा सुवेदी, तथा डा. विवेक खनाल चयन भएका छन्।

नव निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई प्रमुख अतिथि राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका केन्द्रीय सचिव खगराज पोखरेल लगायतले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै स्वास्थ्यकर्मीहरूको हकहित तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन नयाँ नेतृत्वले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

Subscribe

© copyright 2016-2026 and all right reserved to Swasthaya Patra