शनिबार, साउन २, २०८३ Saturday 18th of July 2026

महिनावारी नबारे पाँच हजार पाईने

  • मधु भण्डारी
  • प्रकाशित मिति : आइतवार, साउन १२, २०७६


महिनावारी नबारे पाँच हजार पाईने

 

मधु भण्डारी 

बुटवल
डोटीका स्थानीय तहले छाउपडी प्रथा अन्त्य गर्नका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न थालेका छन् । छाउपडी प्रथा अन्त्य गर्नका लागि स्थानीय निकाय पछिल्लो समय निकै सक्रिय बनेका छन् । जिल्लाको पूर्वीचौकी गाउँपालिकाले आफ्नो गाउँपालिकाभरिमा रहेका छाउ/महिनावारी नबार्ने महिलालाई पुरस्कारस्वरुप पैसा दिने भएको छ।

उक्त गाउँपालिकाले महिनावारी नबारी घरभित्रै परिवारसँगै बस्ने महिलालाई रु तीन हजारदेखि पाँच हजार पुरस्कार दिने नीति पारित गरेको गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले बताए। उनले भने हामी छाउपडी प्रथा अन्त्य गर्ने योजनामा छौँ छाउपडी नबार्ने महिलालाई पुरस्कारस्वरुप पैसा दिनेछौँ। यति मात्र नभई सो गाउँपालिकाले अबदेखि छाउ अर्थात् महिनावारी बार्नेलाई गाउँपालिकाबाट प्रदान हुने मृत्यु दर्ता जन्मदर्ता सामाजिक सुरक्षाभत्ता विवाह दर्तालगायतका सेवासुविधा पनि नदिने घोषणा गरेको छ। छाउपडी प्रथा मानेकै कारण उक्त गाउँपालिकामा हालसम्म दर्जनौँ महिलाले अकालमै ज्यान गुमाइसकेका छन्।

गाउँपालिकाले चालेको उक्त कदमको सो क्षेत्रका अगुवाले स्वागतयोग्य कदम भन्दै स्वागत गरेका छन् । छाउ/ महिनावारी भएकी महिला घरमा बसे देवीदेउता रिसाउने तथा घरमा अनिष्ट हुने भन्ने अन्धविश्वासका कारण डोटेली महिला छाउ बार्न बाध्य भएका छन् । जिल्लाका कतिपय ठाउँमा छाउपडी गोठहरु अझै कायमै रहेको सो क्षेत्रमा काम गर्ने सङ्घसंस्थाले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

Subscribe

© copyright 2016-2026 and all right reserved to Swasthaya Patra