बिहिबार, साउन १०, २०८१ Thursday 25th of July 2024

घुस लिँदालिँदै स्वास्थ्य कार्यालयका निमित्त प्रमुखसहित ४ जना पक्राउ

  • स्वास्थ्य पत्र संवाददाता
  • प्रकाशित मिति : सोमवार, साउन १३, २०७६


घुस लिँदालिँदै स्वास्थ्य कार्यालयका निमित्त प्रमुखसहित ४ जना  पक्राउ

म्यादी

अर्थ जिन्दगीमा ठुलो अर्थ राख्दो रहेछ । मानिसले पैसा कमाउन जे पनि गर्छन् भन्ने कुरा झन पछि झन उदाङ्गीन थालेको छ । यसको पछिल्लो उदाहरण हो जिल्ला स्वास्थ्य कार्यालय, म्याग्दीका निमित्त कार्यालय प्रमुख (जनस्वास्थ्य निरीक्षक)सहित ४ जना कार्यालयमै घुसरकमसहित रंगेहात पक्राउ पर्नु ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले उनीहरुलाई १ लाख ३० हजार रुपैयाँ घुस लिदालिदै कार्यालयबाटै पक्राउ गरेको कुरा आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । जिल्ला स्वास्थ्य कार्यालयबाट सञ्चालित विभिन्न कार्यक्रम वापतको पेश्की फछर्यौट गरिदिने भन्दै सेवाग्राहीसँग घुस रकम लिइरहेको अवस्थामा उनीहरुलाई कार्यालय हाताबाटै आइतबार पक्राउ परेका हुन ।

पक्राउ पर्नेहरुमा जिल्ला स्वास्थ्य कार्यालय, म्याग्दीका निमित्त कार्यालय प्रमुख (जनस्वास्थ्य निरीक्षक) भीम प्रसाद आचार्य, स्टोरकिपर (अधिकृत छैठौं) रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा र सवारी चालक भवदत्त जैसी रहेको बताइएको छ ।

कार्यालय परिसरबाट रङ्गेहात नियन्त्रणमा लिएका ४ जनाविरुद्ध थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले जनाएको छ । अनुसन्धानपछि उनीहरुमाथि भ्रष्टाचारको मुद्दा दायर गरेर आवस्यक कारवाहि अगाडि बढाइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra