अछाम – न्याय हेल्थ नेपालको स्वास्थ्य सेवा निर्देशकमा डा विकाश गौचन नियुक्त भएका छन् । न्याय हेल्थ नेपाल अछामको स्वास्थ्य सेवा संस्थाले बिहीबार उनलाई निर्देशकमा नियुक्त गरेको हो । डा गौचन यसअघि बयालपाटा अस्पतालको मेडिकल निर्देशकमा कार्यरत थिए ।
विगत ५ वर्षदेखि बयालपाटा अस्पतालको मेडिकल निर्देशकका रूपमा कार्यरत डा गौचनले न्याय हेल्थ नेपालको स्वास्थ्य सेवाको निर्देशकमा नियुक्त भएपछि संस्थालाई दिर्घकालीन रुपमा संचालन गर्न र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न आफ्नो तर्फबाट कुनै कुरा बाँकी नराख्ने प्रतबिद्धता व्यक्त गरे ।
न्याय हेल्थ नेपालले अछाममा बयालपाटा अस्पताल, चौरमाण्डौँ प्राथमिक स्वास्थ्य केन्द्रका साथै सामुदायिक स्वास्थ्य कार्यक्रम पनि संचालन गर्दै आईरहेको छ । अछाम जिल्लाका २ नगरपालिका तथा ३ गाँउपालिकामा सामुदायिक स्वास्थ्य कार्यक्रम संचालन गर्दै आइरहेको छ ।