शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

डा गौचन न्याय हेल्थ नेपाल अछामको स्वास्थ्य सेवा निर्देशकमा नियुक्त

  • स्वास्थ्य पत्र संवाददाता
  • प्रकाशित मिति : शुक्रबार, साउन १७, २०७६


डा गौचन न्याय हेल्थ नेपाल अछामको स्वास्थ्य सेवा निर्देशकमा  नियुक्त

अछाम – न्याय हेल्थ नेपालको स्वास्थ्य सेवा निर्देशकमा डा विकाश गौचन नियुक्त भएका छन् । न्याय हेल्थ नेपाल अछामको स्वास्थ्य सेवा संस्थाले बिहीबार उनलाई निर्देशकमा नियुक्त गरेको हो । डा गौचन यसअघि बयालपाटा अस्पतालको मेडिकल निर्देशकमा कार्यरत थिए ।

विगत ५ वर्षदेखि बयालपाटा अस्पतालको मेडिकल निर्देशकका रूपमा कार्यरत डा  गौचनले न्याय हेल्थ नेपालको स्वास्थ्य सेवाको निर्देशकमा नियुक्त भएपछि संस्थालाई दिर्घकालीन रुपमा संचालन गर्न र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न आफ्नो तर्फबाट कुनै कुरा बाँकी नराख्ने प्रतबिद्धता व्यक्त गरे ।

न्याय हेल्थ नेपालले अछाममा बयालपाटा अस्पताल, चौरमाण्डौँ प्राथमिक स्वास्थ्य केन्द्रका साथै सामुदायिक स्वास्थ्य कार्यक्रम पनि संचालन गर्दै आईरहेको छ । अछाम जिल्लाका २ नगरपालिका तथा ३ गाँउपालिकामा सामुदायिक स्वास्थ्य कार्यक्रम संचालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra