बिहिबार, साउन १०, २०८१ Thursday 25th of July 2024

छाला तथा यौनसम्बन्धि ठूलो स्वास्थ्य उपचार केन्द्र बुटवलमा

  • कृष्ण गाउँले
  • प्रकाशित मिति : शुक्रबार, साउन १७, २०७६


छाला तथा यौनसम्बन्धि ठूलो स्वास्थ्य उपचार केन्द्र बुटवलमा

बुटवल राजमार्ग चौराहादेखि पाँच सय मिटर पूर्व, पूर्व-पश्चिम राजमार्गको छेउ धर्मचोकमा छाला तथा यौनरोगसँग सम्बन्धित बृहत स्वास्थ्य उपचार केन्द्र ‘लुम्बिनी स्कीन एण्ड लेजर सेन्टर’ सञ्चालनमा आएकोछ । छाला तथा यौनरोगबाट पीडित हरेक व्यक्तिहरु यस स्वास्थ्य उपचार केन्द्रबाट लाभान्वित भइरहेका छन् । छाला, यौन तथा सुन्दरता सम्बन्धि कुनै समस्या नभएका प्रायः कोही हुँदैनन् । कोही छन् भनेपनि अझै सुन्दर बन्ने सपना जो कोहीको पनि हुन्छ । तीव्र अौद्योगिकरणको कारण हावापानी प्रदूषित हुँदा, वंशाणुगत गुणका कारण वा अन्य कारणले हाम्रो सुन्दर छालामा समस्या आउँदा हामी जो कोही पनि चिन्तित भइरहेका हुन्छौँ । सेतो दूबी, जवान उमेरमा आउने डण्डिफोर तथा त्यसका दागहरु, शरीरका विभिन्न ठाउँमा आएका कोठी, मुसाहरु, उमेरले च्याप्दै जाँदा आउने चाउरीपना, कपालसँग सम्बन्धित समस्या, यौन तथा कुष्ठरोगको समस्या, मोटोपन, नङसम्बन्धि समस्या, पोलेको वा अप्रेसनका दागहरु, चोटपटकका दागहरु, स्ट्रेच्ड मार्क्स, पेटका सेता धर्सा वा छाला तथा यौनसम्बन्धी कुनै न कुनै समस्या नभएको प्राय कोही हुँदैन । यी सबै समस्याको उपचार छाला तथा यौन रोग बिशेषज्ञ डाक्टरहरुद्वारा नियमित सञ्चालित रहेको कुरा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यमबहादुर थापाले बताउनुभयो । कसैलाई कुनै समस्या छैनन् भने राम्रो कुरा तर आफ्नो शरीरलाई सुन्दर र आकर्षक बनाउने रहर भएकाहरुलाई यो अस्पताल राम्रो गन्तव्य बनेको छ । छाला तथा यौन रोगको उपचारको लागि काठमाडौं वा अन्यत्र जानै नपर्ने बरु सो क्षेत्रका मान्छे यही अस्पतालमा आउने गरेको साथै लुम्बिनी, देवदह, तिलौराकोट लगायतका पर्यटकीय क्षेत्रको भ्रमणमा आएका आन्तरिक र बाह्य पर्यटक पनि यहाँ पसेर जाने गरेको थापाले बताउनु भयो । “आधुनिक प्रविधियुक्त स्वास्थ्य उपचार केन्द्रमा उपचार खर्च महंगो होला नि ?” भन्ने प्रश्नमा थापाले भन्नुभयो ,”हामीले बिरामीको अवस्था हेरिकन न्यून दरमा पनि उपचार गराइरहेका छौँ र गराउँर्छौँ, उपचार खर्च नपुगेर यहाँ आएको बिरामी कोही पनि उपचार नगरी फर्कनु परेको छैन ।

कहिले राउटे बस्तीमा, कहिले चेपाङ बस्तीमा तथा समय- समयमा देशका विभिन्न समस्याग्रस्त ठाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै हिँड्नुहुने छाला तथा यौन रोग विशेषज्ञ बरिस्ठ डा. विक्रम ज्ञवालीले जनमानसमा छाला तथा यौनसम्बन्धि जनचेतनाको कमी, आर्थिक जर्जरता र रोगसम्बन्धी संकुचित सामाजिक मानसिकताका कारणले पनि साना रोगले मनोवैज्ञानिक रुपमा ठूलो असर पारेको बताउनु भयो । यसको समाधानको लागि सचेतनामूलक कार्यक्रम पनि निरन्तर सञ्चालन गरिरहेको साथै अब यही स्वास्थ्य उपचार केन्द्रको प्राविधिक सहयोगमा निरन्तर जनताको सेवा गर्ने पनि डाक्टर ज्ञवालीले बताउनुभयो ।

अनौपचारिक रुपमा बैशाख देखि आफ्ना सेवा दिदै आएको यस स्वास्थ सस्थाको केही समय पछि अौपचारीक उद्घाटन गरिने सञ्चालक समिति सचिव दिपक थापाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra