शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

मिर्गौला तस्करीमा बहालवाला प्रहरी नै संलग्न, काठमाडौंमा बेहोस बनाइएका खड्काको सुनौलीबाट उद्धार

  • प्रकाशित मिति : शनिबार, साउन १८, २०७६


मिर्गौला तस्करीमा बहालवाला प्रहरी नै संलग्न, काठमाडौंमा बेहोस बनाइएका खड्काको सुनौलीबाट उद्धार

काठमाडौं– बहालवाला प्रहरीकै संलग्नतामा मिर्गौला तस्करी भएको पाइएको छ। बेहोस बनाएर भारत पुर्‍याई मिर्गौला निकाल्न खोज्ने व्यक्ति पक्राउ परेसँगै यस घटनमा प्रहरीकै संलग्नता रहेको पाइएको हो।

मिर्गौला तस्करीमा संलग्न भएको आरोपमा महानगरीय प्रहरी वृत्त महाराजगन्जले बहालवाला प्रहरीका सईसहित चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सशस्त्र प्रहरी गण नम्बर १ का सई योगेन्द्रराज थपलिया, पूर्वहवल्दार थनितनसिंह गुरुङ, रमेश कार्की र नारायण पराजुली छन्।



​उनीहरुको समूहले काभ्रेको बाङ्थलीका विष्णु खड्कालाई बेहोस बनाएर मिर्गौला निकाल्न भन्दै भारत पुर्‍याएका थिए।

खड्कालाई महानगरीय प्रहरी वृत्त महाराजगन्जको टोलीले उद्धार गरेर ल्याएपछि उनकै बयानका आधारमा उनीहरुलाई पक्राउ गरिएको वृत्तका डिएसपी फणीन्द्र प्रसाईले जानकारी दिए।

मिर्गौला बेचे धेरै पैसा आउने भन्दै सई थपलिया लगायतले प्रभावमा पारेको पीडितले बताएका छन्। त्यसपछि उनी मिर्गौला दिन तयार भएका थिए।

वीर अस्पताल नजिकको एउटा क्लिनिकमा लगेर खड्काको मिर्गौला जाँच गरिएको थियो। मिर्गौला ठिक भएको रिपोर्ट आएपछि सुई लगाएर बेहोस बनाएर उनीहरुले सुनौली पुर्‍याएका थिए। त्यसपछि मात्रै उनको होस आएको थियो।

खड्का हराएपछि उनका परिवारले प्रहरीमा उजुरी दिइसकेका थिए। सोही अनुसार खोजीमा जुटेको प्रहरीले भारतमा मिर्गौला निकाल्न लगिँदै गरेका उनलाई उद्धार गरेको हो।

पक्राउ परेकाहरुलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान गरिएको प्रहरीले जनाएको छ।

स्वास्थ्य खवर पत्रीका

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra