शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

प्रधानमन्त्री ओली स्वास्थय उपचारका लागि सिंगापुर जाँदै

  • कृष्ण गाउँले
  • प्रकाशित मिति : शनिबार, साउन १८, २०७६


प्रधानमन्त्री ओली स्वास्थय उपचारका लागि सिंगापुर जाँदै

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि सिंगापुर आज राति ९ः४५ बजे सिल्क एयरबाट जाने भएका छन् ।

सिंगापुरको ‘नेसनल युनिभर्सिटी हस्पिटल’ (एनयूएच) मा प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण हुने कुरा बताइएको छ ।
प्रधानमन्त्रीका निजी चिकित्सक प्रा.डा.दिव्यासिंह शाह पनि उनीसँगै सिंगापुर जानेछिन् । स्वास्थ्यमा केही समस्या देखिएपछि प्रधानमन्त्री ओली अचेल कार्यक्रमहरूमा उपस्थिति कम गराएका थिए ।

स्वास्थ्य परीक्षणका लागि गएका प्रधानमन्त्रीको एक हप्ता सिङ्गनपुर बसाइ हुनेछ । प्रधानमन्त्री १२ वर्ष अघि दिल्लीस्थित अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्रीले दिल्ली र थाइल्याण्डमा नियमित फ्लो अप गर्दै आएका छन् । प्रधानमन्त्री स्वास्थ्य उपचारको लागि जान लागेका भएपनि आराम गर्न भन्दै जान लागेको भन्ने हल्ला सामाजिक सञ्जालमा फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra