आइतवार, साउन ३, २०८३ Sunday 19th of July 2026

यी हुन् रक्तदानका आश्चर्यजनक फाइदा

  • प्रकाशित मिति : आइतवार, असार १, २०७६


यी हुन् रक्तदानका आश्चर्यजनक फाइदा

केही मानिसमा कस्ता व्यक्तिले रक्तदान गन सक्छ? रक्तदान गरेपछि शरीरमा अन्य प्रभाव पर्छ कि भन्ने डर हुन्छ। तर त्यस्तो केही हुँदैन। महादान मानिने रक्तदानले शरीरको स्वास्थ्यका लागि आश्चर्यजक फाइदा गर्छन्। सामान्यतः १६ वर्षभन्दा बढी र ५० किलोग्रामभन्दा बढी तौल भएका व्यक्ति रक्तदान गर्न योग्य मानिन्छन्।

मुटुका लागि फाइदाजनक

रक्तदान मुटुका लागि राम्रो मानिन्छ। नियमित समयको अन्तरमा रक्तदान गर्ने हो भने शरीरमा आइरनको मात्रा सन्तुलित रहन्छ भने रक्तदातालाई हृदयाघातको खतराबाट पनि टाढा राख्छ। रक्तदान गर्दा रगत पातलो हुन्छ, जो मुटुका लागि फाइदाजनक मानिन्छ।

नयाँ रक्तकोशिका बन्छ

शरीरलाई स्वस्थ राख्न नयाँ रक्तकोशिकाको महत्वपुूर्ण भुमिका हुन्छ। नियमित रुपमा रक्तदान गर्नाले शरीरमा नयाँ बन्ने रगत स्वास्थ्यका लागि फाइदाजनक हुन्छ।

क्यालोरी खपत हुन्छ

एक पिन्ट रक्तदान गर्दा शरीरबाट ६५० क्यालोरी खपत हुन्छ। यसले तौल नियन्त्रण गर्न मद्दत गर्छ। यदि नियमित रुपमा रक्तदान गर्नुहुन्छ भने मोटोपनाबाट तनाव लिनुपर्दैन।

क्यान्सर हुने खतरा कम हुन्छ

क्यान्सरजस्ता खतरनाक रोगबाट बचाउका लागि नियमित रुपमा रक्तदान गर्नुपर्छ। नियमित रक्तदान गर्नाले क्यान्सर र अन्य खालका रोग लाग्ने खतरा कम हुन्छ। किनभने रक्तदान गर्दा शरीरमा रहेको विषाक्त पदार्थ बाहिर निस्कन्छ।

निःशुल्क चिकित्सा जाँच

शरीरको नियमित जाँच गराउनाले विभिन्न रोग लाग्न पाउँदैंन। यो अवसर रक्तदानका बेला निःशुल्क मिल्छ। रक्तदाताको तौल, रक्तचाप, हेमोग्लोबिन र ब्लड ग्रूपको परीक्षण गरिन्छ। रक्तदानपछि एचआइभी, मलेरिया, भीडीआरएल तथा एन्टीबडीजस्ता परीक्षण गरिन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

Subscribe

© copyright 2016-2026 and all right reserved to Swasthaya Patra