शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

८.५ प्रतिशत नेपालीमा मधुमेह, कुन प्रदेशमा कति ?

  • प्रकाशित मिति : शनिबार, साउन १८, २०७६


८.५ प्रतिशत नेपालीमा मधुमेह, कुन प्रदेशमा कति ?

काठमाडौं–  नेपालमा ८ दशमलव ५  प्रतिशत जनसंख्यामा मधुमेह रोग रहेको एक अनुसन्धानले देखाएको छ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले ’जनसंख्यामा आधारित छनोटमा परेका नसर्ने रोगका भार’का विषयमा गरेको देशव्यापी अध्ययनले मधुमेहको समस्या ८ दशमलव ५ प्रतिशतमा रहेको देखाएको हो।

देशव्यापी रुपमा सबै जनसंख्या र भौगोलिक अवस्था समेट्ने गरी परिषद्ले ४ वटा नसर्ने रोगका विषयमा अनुसन्धान गरेको थियो। सिओपिडी, मधुमेह, मिर्गौला र मुटु रोगका विषयको अध्ययनका लागि परिषद्ले १३ हजार २ सय जनामा यो अनुसन्धान गरेको थियो।

परिषद्ले सबै क्षेत्रका जनसंख्यालाई समेट्ने ७ वटै प्रदेशका ७२ जिल्लाका १३ हजार २ सय जनालाई नमुनाका रुपमा छनोट गरेको थियो।

अनुसन्धानका क्रममा ४ वटा रोगमध्ये सबैभन्दा बढी सिओपिडीको समस्या ११ दशमलव ७ प्रतिशतमा पाइएको छ। त्यसपछि मधुमेहको समस्या ८ दशमलव ५ प्रतिशतमा फेला परेको छ।

अनुसन्धानमा मधुमेहको भार सबैभन्दा कम कर्णाली प्रदेशमा र सबैभन्दा बढी प्रदेश ३ मा फेला परेको छ। बदलिँदो जीवनशैली र अस्वस्थ खानपानका कारण मधुमेहको समस्या सहरी क्षेत्रमा बढ्दो क्रममा रहेको पनि अनुसन्धानले देखाएको छ।

मधुमेहका बिरामी कुन प्रदेशमा कति प्रतिशत?
प्रदेश १ –  ७  दशमलव ७
प्रदेश २ –  ८  दशमलव ५
प्रदेश ३ –   ११ दशमलव ५
गण्डकी प्रदेश –  ६ दशमलव ७
प्रदेश ५ –   ९ दशमलव ६
कर्णाली प्रदेश –   ३ दशमलव २
सूदुरपश्चिम प्रदेश –  ५ दशमलव २

विश्वको तथ्यांक हेर्ने हो भने संसारभर अहिले ४२ करोडभन्दा बढी मानिस मधुमेहबाट ग्रसित छन्। अहिलेको अवस्था रहिरह्यो भने २५ वर्षमा यो तथ्यांक ६५ करोडभन्दा माथि पुग्ने आकलन गरिएको छ।

चिकित्सकका अनुसार परिवारमा एक जनालाई मधुमेह छ भने परिवारका सबै सदस्यलाई त्यस विषयमा शिक्षा दिनुपर्छ। मधुमेह लागिसकेका व्यक्तिको उपचारमा परिवारको ठूलो साथ–सहयोग चाहिन्छ। उपचारका क्रममा साथ र सहयोगको ठूलो भूमिका रहन्छ। खानपानको व्यवस्थापन र बिरामीको उपचारमा हौसला दिने कुरामा परिवारको महत्वपूर्ण भूमिका हुन्छ।

रगतमा चिनीको मात्रा चाहिनेभन्दा बढी भयो भने शरीरमा यसले विभिन्न अंगलाई असर गर्न थाल्छ।

मधुमेहका लक्षण
थकाइ लाग्ने
आलस्य हुने
जाँगर नचल्ने
पिसाब लाग्ने
मुख सुक्खा हुने
खानामा बढी रुचि हुने
खुट्टा पोल्ने
खुट्टा झमझमाउने
आँखा धमिलो हुने
कुनै पनि घाउ निको हुन गाह्रो हुने
पिसाब फेरेको ठाउँमा कमिला लाग्ने आदि।

मधुमेहकै कारण अन्धोपन, मिर्गौला फेल, हृदयाघात, स्ट्रोक जस्ता समस्या देखिने गर्छन्। चिकित्सकका अनुसार स्वास्थ्यवर्द्धक खाना, नियमित शारीरिक अभ्यास, तौलको व्यवस्थापन, सूर्तिजन्य पर्दाथको सेवन नगर्ने हो भने पनि मधुमेहबाट जोगिन सकिन्छ।
-स्वास्थ्य खबर पत्रीका

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra