आइतवार, साउन ३, २०८३ Sunday 19th of July 2026

छात्रालाई नि:शुल्क प्याड

  • स्वास्थ्य पत्र संवाददाता
  • प्रकाशित मिति : सोमवार, साउन २०, २०७६


छात्रालाई नि:शुल्क प्याड

सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम अन्तर्गत आगामी भदौदेखि सामुदायिक विद्यालयका झण्डै १६ लाख छात्रालाई महिनावारी हुँदा प्रयोग गर्ने प्याड वितरण गरिने भएको  छ । सामुदायिक विद्यालयका कक्षा ६ देखि १० कक्षासम्म पढ्ने छात्राहरुलाई महिनावारी हुँदा प्रयोग गने सेनेटरी प्याड निशुल्क वितरण गर्ने घोषणा सरकारले गरेको थियो ।

यसको जिम्मा सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दिएको छ। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा परिवार नियोजन तथा स्वास्थ्य प्रजनन् शाखा प्रमुख कविता अर्यालले प्याड वितरणका साथसाथै जनचेतनालाई सँगै अगाडी बढाइने बताइन् ।
एक पटक प्रयोग गरेर फाल्नेभन्दा पुनः प्रयोग गर्न सकिने कपडाको प्याड वितरण गर्ने सोचमा रहेको  अर्यालले बताइन्।

महिनावारी भएको समयमा हरेक ४ देखि ६ घण्टामा प्याड फेर्नुपर्ने हुन्छ । कपडाको प्याड छ भने त्यसलाई राम्ररी धोएर घाममा सुकाएर मात्र अर्को पटक प्रयोग गर्नुपर्ने हुन्छ ।

हरेक महिना १६ लाख छात्राका लागि कम्तिमा दुई प्याकेट प्याड आवश्यक पर्छ । यो हिसाबले करिब वार्षिक झण्डै दुई अर्ब रुपैँया लाग्ने बताइए पनि छात्राहरुले महिनावारी हुँदा विद्यालयमा छाड्ने छात्राको संख्या कम गर्न र  सो समयमा पनि विद्यालय जान प्रेरित गर्ने सरकारको उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

Subscribe

© copyright 2016-2026 and all right reserved to Swasthaya Patra