शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

भारतबाट भित्रिएको आलु, प्याजमा पनि विषादी

  • कृष्ण गाउँले
  • प्रकाशित मिति : सोमवार, साउन २०, २०७६


भारतबाट भित्रिएको आलु, प्याजमा पनि विषादी

हरिया तरकारीमा विषादी भेटिएको चर्चा चलिरहेका सन्धर्वमा भारतबाट भित्रिएको प्याजमा पनि विषादी भेटिएको छ । प्रदेश न २ सरकारले स्थापना गरेको प्रयोगशालामा परीक्षण गर्दा भारबाट भित्रिएको प्याजमा पनि विषादी भेटिएको बताइएको छ । परिक्षणमा भारतबाट आयातित आलुमा विषादीको मात्रा उच्च भएको फेला परेको छ ।

बाली संरक्षण प्रयोगशालामा सुनसरीको भान्टाबारी हुँदै नेपाल भित्रिएका आलु र प्याज परीक्षणका लागि आउँछन् । ती तरकारी परीक्षण गर्दा विषादीको मात्रा उच्च देखिएको हो ।

भारतबाट आयातित आलुमा ३० ‘इनिविसन’ विषादी मापन गरिएको छ । ३५ इनिबिसन भन्दामाथि विषादी मापन गरिएको तरकारी प्रयोग गर्न अयोग्य मानिन्छ ।

नेपालमा बिक्रीका लागि भारतबाट भित्रिएका आलु प्रयोग गर्न मिल्ने भएपनि विषादीको मात्रा नेपालमा उत्पादन भएका तरकारी भन्दाबढी मात्रामा भेटिएको प्रयोगशालाकि प्राबिधिक सीता बरालले जानकारी दिइन् ।

त्यसै गरि प्याजमा पनि १० इनिबिसनसम्म अर्गानो सल्फेटको मात्र भेटिएको छ । स्थानीय उत्पादनमा भने अधिकतम २५ इनिबिसनसम्म विषादीको मात्रा भेटिएको छ ।
एक महिना अघि स्थापना भएको ल्याबमा स्थानीय बजारबाट संकलन गरेर तरकारीको नमूना परीक्षण गरिएको थियो । परीक्षण गर्दा कुनै तरकारी उपभोगका लागि अयोग्य भने भेटिएको थिएन् ।

तरकारीमा विषादी प्रयोग भए पनि तरकारी भारतबाट आयात हुन छोडेको छैन तर ब्यापारीले भारत बाट तरकारी नआएको र नेपाली उत्पादनले थाम्न नसक्ने भनी तरकारीको भाउ अत्याधिक बढाएका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra