शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

वाह ! परीक्षा विद्यार्थी मात्रै गाड

  • प्रकाशित मिति : शनिबार, साउन २५, २०७६


वाह ! परीक्षा विद्यार्थी मात्रै गाड

काठमाडौं । काठमाडौं विश्वविद्यालयले विद्यार्थीहरुलाई नै गार्ड राखेर अन्डर ग्राजुयट लेभलको फाइनल परीक्षा लिएको छ ।
प्राध्यापक र कर्मचारीहरु अनिश्चितकालीन आन्दोलनमा रहेकाले परीक्षामा सहभागी नरहेका विद्यार्थीहरुलाई नै गार्ड राखेर परीक्षा लिइएको हो ।

विद्यार्थीलाई नै गार्ड राखेर विद्यार्थीकै परीक्षा लिएको केयूको इतिहासमै पहिलो घटना होला,’ काठमाडौं विश्वविद्यालयका एक विद्यार्थीले भने । शुक्रबार बिहान ११ बजेबाट सुरु भएको परीक्षा १ बजे सकिएको छ ।

विश्वविद्यालयले आफूहरुसँग बिभिन्न समयमा पटक पटक गरेका सम्झौताहरु कार्यान्वयन नगरेको भन्दै आन्दोलनरत प्राध्यापकहरुले परीक्षामा पनि सहभागी नहुने निर्णय गरेका थिए । प्राध्यापक संघको अगुवाइमा आन्दोलनरत प्राध्यापक र कर्मचारीहरुले सबै डिनहरुको कार्यकक्षमा संयुक्त रुपमा तालाबन्दी गरेका छन् ।

उनीहरुले विश्वविद्यालयको अनियमितताको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका मुद्दाहरुको छिटो छानविन गर्नुपर्ने, विश्वविद्यालयमा कार्यकारी परिषदमा रिक्त शिक्षक प्रतिनिधिमा प्राध्यापकहरुले सिफारिस गरेको व्यक्ति नियुक्त गर्नुपर्ने लगायतका माग राखेका छन् ।

शिक्षक प्रतिनिधिमा प्राध्यापक र कर्मचारीहरुले गणित विषयका प्रा.डा. रामप्रसाद घिमिरेलाई नियुक्त गर्न माग गर्दै हस्ताक्षर संकलन गरी कुलपति, सहकुलपति, उपकुलपति र रजिष्ट्रारलाई बुझाएका थिए । सिनेट बैठकमा कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओली र सहकुलपति एवम् शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षक प्रतिनिधि प्राध्यापकहरुलाई नै छान्न दिनुपर्ने बताएका थिए ।

तर, विश्वविद्यालय प्रशासनले सहप्राध्यापक यकुमाया पुनलाई शिक्षक प्रतिनिधिको रुपमा कार्यकारी परिषदको सदस्य नियुक्त गरेपछि प्राध्यापकहरु रुष्ट छन् । पुन स्कुल अफ आर्टसको सहायक डिन हुन् ।

काठमाडौं विश्वविद्यालय प्राध्यापक संघका सभापति डा. वेदमणि दाहालले भने, ‘प्राध्यापकहरुसँग साउन १७ गते अडिटोरियममा भएको छलफलमा रजिष्ट्रारले १० दिनभित्रै सबै पक्षसँग छलफल गरी प्रतिनिधि छान्ने आश्वासन दिई हिँड्नुभयो, तर सोही दिन हठात रुपमा अर्को व्यक्तिलाई नियुक्त गर्नुभयो ।’

‘विश्वविद्यालयले प्राध्यापकहरुलाई विश्वविद्यालयको सरोकारवालाहरुमध्ये एकसमेत नठानेको ठहर गरी परीक्षामा सहभागी नहुने निर्णय लिन बाध्य भएका हौं ।’
-अनलाइन खवर

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra