मङ्लबार, साउन ५, २०८३ Tuesday 21st of July 2026

स्वास्थ्य समस्याका कारण प्रधानमन्त्री ओली स्वदेश फर्कने कार्यक्रम स्थगित

  • स्वास्थ्य पत्र संवाददाता
  • प्रकाशित मिति : आइतवार, साउन २६, २०७६


स्वास्थ्य समस्याका कारण प्रधानमन्त्री ओली स्वदेश फर्कने कार्यक्रम स्थगित

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको नेपाल फर्किने मिति फेरि पनि स्थगित भएको छ । स्वास्थ्य परीक्षणका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्कने तालिका दुई पटक स्थगित भएको छ ।

यसअघि गत शुक्रबार नै प्रधानमन्त्री ओली स्वदेश आउने कार्यतालिका रहे पनि उपचार नसकिएका कारण आइतबारसम्मका लागि स्थगित भएको थियो । तर ओलीको स्वदेश फिर्ता हुने तालिका आइतबार पनि रद्द भएको छ ।

प्रधानमन्त्री ओलीको निजी सचिवालयका अनुसार स्वास्थ्य परीक्षणकाे रिपोर्ट आउन बाँकी रहेकोले ओली आइतबार पनि स्वदेश फर्कने छैनन् । अस्पतालले आइतबार साँझसम्ममा रिपोर्ट प्राप्त हुने जानकारी दिएका कारण प्रधानमन्त्री ओली भोलि (सोमबार) स्वदेश फर्कने सम्भावना रहेको सचिवालले जनाएको छ।

प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण भइरहेको छ। उनी नियमित स्वास्थ्य परीक्षणका लागि यही साउन १८ गते त्यसतर्फ गएका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

Subscribe

© copyright 2016-2026 and all right reserved to Swasthaya Patra