शनिबार, साउन २, २०८३ Saturday 18th of July 2026

नर्सिङ काउन्सिललाई चुनावको चटारो

  • स्वास्थ्य पत्र संवाददाता
  • प्रकाशित मिति : मङ्लबार, साउन २८, २०७६


नर्सिङ काउन्सिललाई चुनावको चटारो

काठमाडौं

नेपाल नर्सिङ काउन्सिललाई चुनब लागेको छ ।बोर्ड सदस्य पदमा ८ जना आकांक्षी नर्सहरुले उम्म्देवारी दर्ता गराएका छन् ।  बोर्डको तीन सदस्यीय पदका लागि प्रगतिशिलतर्फका ५ र ३ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । स्वतन्त्रबाट सरला केसी, जीता बराल र मित्रकुमारी देवकोटाले उम्मेद्वारी दर्ता गराएका छन् भने प्रगतिशीलबाट डा तारा शाह, कृष्णकुमारी पौडेल, तुलसादेवी अधिकारी, सीता कार्की र रीना श्रेष्ठले उम्मेद्वारी दर्ता गराएका छन्।

निर्वाचन समितिले मंगलबार साँझ पाँच बजेसम्म परिषद्को कार्यालयमा आई उम्मेदेवारी फिर्ता लिन सकिने सूचना जारी गरेको छ। निर्वाचन समितिले साउन २६ गतेसम्ममा उम्मेद्वारी दर्ता गराउन समय दिएको थियो । काउन्सिलको निर्वाचन आगामी भदौ २८ गते हुनेछ ।

निर्वाचनमा संघको सदस्यले मात्र मतदान गर्न पाउने व्यवस्थाको काउन्सिलमा दर्ता भएका नर्सहरुले विरोध गरेका छन्। काउन्सिलमा हालसम्म अनमी सहित ८९ हजार भन्दा बढी नर्स दर्ता भएका छन् तर, नर्सिङ संघमा भने हालसम्म करिब १२ हजार नर्स मात्र सदस्य छन्। काउन्सिलको बोर्ड सदस्य निर्वाचन भएकाले दर्ता भएका नर्स सबैले मतदानमा भाग लिन पाउनुपर्ने माग राखेका छन् ।

उम्मेदवारीको नामावली यस्तो छ

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

Subscribe

© copyright 2016-2026 and all right reserved to Swasthaya Patra