शुक्रबार, साउन ११, २०८१ Friday 26th of July 2024

मृगौला पीडित मीनाको लागि उठ्यो सवा लाख रुपैयाँ

  • कृष्ण गाउँले
  • प्रकाशित मिति : बिहिबार, साउन ३०, २०७६


मृगौला पीडित मीनाको लागि उठ्यो  सवा लाख रुपैयाँ

गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नं. ६ की २५ बर्षीय कवि मिनाकुमारी राना थापाको दुवै मृगौला फेल भएपछि उपचारका लागी सहयोग गर्न सबैसंग अनुरोध गरे बमोजिम बचाउँ अभियान तिब्र रुपमा अगाडि बढ्यो र गत असार २१ गते देखि आर्थिक संकलन कार्य सुरुभयो ।

मृगौला पीडित मिनाको उपचारार्थ साहित्यकार त्रय सरिता श्रीस, पुरुषोत्तम पाण्डे र कृष्ण घिमिरे `गाउँले`को सक्रियतामा रुपन्देही क्षेत्र तथा देश बिदेशमा रहेका विशेषगरी साहित्यकार र साहित्य अनुरागी दाताहरुद्वारा संकलित सहयोग रकमको दैनिक पत्रको कार्यालयमा बिहिवार सार्वजनिक गरेका छन । सार्वजनिक गरिए अनुसार जम्मा रु १२०३०६ (एक लाख बीस हजार तीन सय छ) अहिले संकलित र रु ६,५०० ( छ हजार पाँच सय) यहीँ अभियान अन्तरगत पठाइएको यसरी जम्मा रु १,२६,५०६ ( रु एक लाख छब्बीस हजार पाँच सय छ ) संकलन भएको बताएको छ ।

मीनाले बिगत केही महिना देखि काठमाडौस्थित श्री वीरेन्द्र अस्पताल छाउनीमा हप्ताको तीन पटक डायलाइसिस गर्दै आएकी छन् । अस्पतालका डाक्टरका अनुसार तत्काल मृगौला प्रत्यारोपण गर्नुपर्ने भएपनि आर्थिक अभावका कारण बेडमा छट्पटिन बाध्य भएको उनका परिवारले बताएको थियो । २५ बर्षको उमेरमा नै दुवै मृगौला फेल भएपछि उनी, उनका परिवार र आफन्तजन चिन्तित भएका छन् । “आर्थिक अभावका कारण म जीवन र मृत्युको दोसाँधमा छु । उपचारका लागी सवैले आर्थिक सहयोग गरि जीवन बचाइदिनु हुन अनुरोध गर्दछु ।” मिनाकुमारीले भनेकि थिइन ।

मिना कुमारी राना कवि तथा पुर्व रेडियो कर्मी पनि हुन । यस अघि भोलि कसलाई के हुन्छ भन्न सकिदैन तसर्थ जति सहयोग गर्नु छ आजै गरौ भन्दै बुटवलका साहित्यकारहरुले सहयोगको अपिल गरेका थिए । “कवि मिनाक्षी मगर उर्फ मिना राना बचाउँ अभियान” फेसबुक म्यासेन्जर ग्रुप बाटै यति अार्थीक सहयोग उठेको र त्यो बारे पब्लिक अडिटिङ् अथवा बिना सहयोग रसिद माग्दै उठाएको रकमको सार्वजनिकिकरण गर्ने हिसाबले कार्यक्रम राखिएको अभियानता कृष्ण गाउँलेले बताए । लगभग एक महिनाभन्दा बढिको अभियानको यात्रा आज समापन गरेकाछौ, नागरिक प्रती राज्यको दायित्व मजबुत हुदाको दिन हाम्रा यस्ता कामहरूको कुनै भुमिका नै हुनेछैन र हाम्रो चाहनापनि यहि हो । ब्यक्ति आफू एक्लैले यो दुनियाँमा खास केही अर्थ राख्दैन, हाम्रो जबर्जस्त अस्तित्व निर्माण पछाडीको कारणपनि सामाजिक छ । हामी यो सम्झेर आत्तिएका छौ कि यो दुनियाँमा हामीले गर्नुपर्ने कार्यहरू निकै धेरै छन, लामो यात्रामा कहिलेकाही थकाइ पनि लाग्दो रहेछ तर वरिपरि यति उर्जावान साथीहरू हुनुहुन्छ कि हामीले थकान सजिलै भुलिदिन्छौ । एक कल फोनमा, अभियान बारे सुनेकै भरमा आर्थिक सहयोग गर्ने साथीहरुप्रती आभारी छौ । उतिकै आभारी हामी वहाँहरु प्रति पनि छौ जसले हामीलाई निरन्तर नैतिक सहयोग गरिरहनु भएको छ । अर्की अभियानता सरिता श्रीसले बताइन ।


आर्थिक पारदर्शिताकालागि कसले कति सहयोग गर्नुभएको छ भन्ने कुराको पनि आज सार्वजनिकीकरण गर्यौ । हामिले गरेको अपेक्षा भन्दा धेरै सहयोग उठिसकेको तर त्यो रकम उपचारको क्रममा अत्यन्तै न्यून हुने भएकोले दानविर महानुभाले सहयोग गरे आवश्यक रकम उठ्न गाह्रो नहुने बताउँछन अर्का अभियानता पुरुषोत्तम पाण्डे । सोही कार्यक्रम स्थलबाट फोन गरेर मीनालाई संकलित रकम र शुक्रबार पठाउने जानकारी गराईएको छ ।

जत्ती गर्नुभयो त्यो पनि मेरो लागि अमुल्य छ । सम्पुर्ण मनकारीमनहरुप्रति हृदयदेखि नै आभार प्रकट गर्दछु ।

मीनाले फोन मार्फत भनिन

कार्यक्रममा ऋषि आजाद, यज्ञलाल सुवेदी, लक्ष्मी के सि, पारस राहादी, मनोज कुमार रिजाल, कृृृृष्ण रणपाल  लगायतको उपस्थिति रहेको थियोे । सबैको तर्फबाट पुर्ण स्वास्थ्य लाभको कामना गरिएको थियोे ।

उनको बारेमा बुझ्न र उनको श्रीमान् खड्कबहादुर थापाको सम्पर्क नं ९८४७३७३२८३, ९८४७५८५४२३, र आर्थिक सहयोग गर्नका लागी मीना कुमारी राना थापाको राष्ट्रिय वाणिज्य बैंकको खाता नं ३१२००४००९६१० मा पठाउन सकिने छ ।

सो कार्यक्रममा घोषणा गरिएको सहयोग रकमको विवरण:


१) कृष्ण गाउँले – रु.१०००/-
२) गणेश खनाल – रु. ५००/-
३) यज्ञलाल सुवेदी – रु. २०००/-
४) कृष्ण मल्ल – रु. १०००/-
५) किरण पन्थी – रु. ५००/-
६) संगिता अञ्जुली – रु. १०००/-
७) सुमिना अभिलाषी – रु. १०००/-
८) अज्ञात पालपाली – रु १०००/-
९) ई. दुर्जेन्द्र बस्नेत – रु ७०००/-
१०) खगिसरा काला – रु ५००/-
११) राधा बुचा + केशरी राना – रु ४००/-
१२) प्रा.डा. हिरण्यलाल ज्ञवाली – ५००/-
१३) पुरुषोत्तम/ इन्दिरा पाण्डे – १०००/-
१४) दुर्गा पौडेल – रु २०००/-
१५) राज क्षेत्री राहुल – रु ५०००/-
१६) गुरुप्रसाद कुमाल बुलबुल -रु १०००/-
१७) राम/लक्ष्मण श्रेष्ठ – रु. १०००/-
१८) दीपक बिश्वकर्मा – रु १०००/-
१९) गिरी श्रीस – रु १०००/-
२०) कविराज पौडेल – रु १०००/-
२१) हरि प्रसाद पौडेल : १०११/-
२२) सञ्जय काउछा : ५००/-
२३) सरला गाहा : १०००/-
२४) नेत्र दिनदुखी – रु १०००/-
२५) कृष्ण खनाल – रु ५००/-
२६) ऋषिराम भुषाल- रु १००००/-
२७) डा. मुरारी पराजुली – रु. १०००/-
२८) माधव गौतम – रु १०००/-
२९) रुद्र ज्ञवाली – रु १०००/-
३०) रमेश पाण्डे – रु ५००/-
३१) निसिम भुषाल – रु ५००/-
३२) मनिकर कार्की – रु ५००/-
३३) ज्ञानेश्वर ज्ञवाली – रु. १०००/-
३४) के. बी. खाम्चा : ५००/-
३५) ज्ञानु थापा : ५००/-
३६) सिर्जना लम्साल : ५००/-
३७) बेरुना मल्ल : ५००/-
३८) रञ्जना पौडेल : ५००/-
३९) खोमा तरामु – रु १०००/-
४०) पारस राहदि – रु. ५०० /-
४१) गङ्गा अभिलाषी : ५००/-
४२) टीना गहतराज : ५००/-
४३) देवेन्द्रराज शाक्य : ५००/-
४४) लीला राना – रु २०००/-
४५) हिरा भट्ट – रु ५००/-
४६) इन्दिरा अर्याल – रु १०००/-
४७) मिनाक्षी न्यौपाने – रु १०००/-
४८) धनकुमारी अर्याल – रु ५००/-
४९) अशोक गौतम क्षितिज – रु ३०००/-
५०) रबिन्द्र पोखरेल – रु १०००/-
५१) अमृत भुषाल – रु १०००/-
५२) बासु पुष्प अधिकारी – रु ३३९५/-
५३) कृष्ण रणपाल – रु ५००/-
५४) उमा अधिकारी – रु १०००/-
५५) त्रिबिक्रम बस्याल – रु ५००/-
५६) गङ्गा लिगल रु – रु ५०००/–
५७) पुजन थापा – रु १५००/-
५८) फवन लाकौल – रु १०००/-
५९) सुरेश प्र अार्याल कान्छो – रु १०००/-
६०) नर बहादुर (चिया चौतारी) – रु ५००/-
६१) सरोज भण्डारी र साथीहरू – रु १५०००/-
६२) लक्ष्मण ज्ञवाली – ५००/-
६३) हिमलाल ज्ञवाली – ५०००/-
६४) ऋषि आाजाद १०००/-
६५) राजेन्द्र कुमार आचार्य – ५००/-
६६) कृष्णप्रसाद कोइराला – ५००/-
६७) विजय सापकोटा – ५००/-
६८) केदारनाथ घिमिरे – रु ५००/-
६९) सीता ढुङ्गाना काफ्ले – रु १०००/-
७०) लक्ष्मी के सि – रु १०००/-
७१) दल बहादुर गुरुङ – रु १०००/-
७२) मीन बहादुर राना – रु. १०००/-
७३) नरेश के सि – रु १५००/-
७४) माधब पौडेल – रु ५००/-
७५) हिमाल बस्याल – रु ३०००/-
७६) मनोज कुमार रिजाल – रु ५००/-
७७) दिनेश खड्का – रु ५००/-
७८) ओमिकला पुन / सरिता श्रीस – रु ७०००/-
७९) आविष्कार खनाल – रु १०००/-
…….. = रु १२०३०६/-

* पाठाइ सकेको रकम
१) गोपाल ब कुवर – रु १०००/-
२) जनक कार्की – रु. २०००/-
३) फटिक तरामु – रु ३०००/-
४) गोमा भट्टराई – रु ५००/-
जम्मा – रु १२०३०६ + रु ६५०० = रु १,२६,५०६/-

यो पनि पढ्नुहोस्

https://pahilo.tinaunews.com/news/209/

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra