शनिबार, साउन २, २०८३ Saturday 18th of July 2026

राप्ती स्वाथ्य विज्ञान प्रतिष्ठानका डाक्टर कर्मचारीले दिए सामूहिक राजीनामा

  • प्रकाशित मिति : शुक्रबार, भदौ ६, २०७६


राप्ती स्वाथ्य विज्ञान प्रतिष्ठानका डाक्टर कर्मचारीले दिए सामूहिक राजीनामा

काठमाडौं– दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर तथा कर्मचारीहरुले चरम मानसिक पीडा खेप्नु परेको भन्दै सामूहिक राजीनामा दिएका छन्।

उनीहरुले आफूहरुमाथि विभिन्न बाहनामा पटकपटक स्पष्टीकरण सोध्ने, बर्खास्त गर्ने जस्ता धम्की दिएको तथा मनोबल खस्काउने काम उपकुलपतिले गरेकाले बाध्य भएर राजीनामा दिएको बताएका छन्। उपकुलपतिकै कारण शारीरिक र मानसिक रुपमा विक्षिप्त भई काम गर्न नसक्ने अवस्था आएकाले राजीनामा दिनु परेको उल्लेख गरेका छन्।

यस विषयबारे उपकुलपति प्राडा संगीता खड्कालाई पटकपटक जानकारी गराएको र काम गर्ने वातावरण बनाइदिन आग्रह गर्दा समेत बेवास्ता भएको उनीहरुको आरोप छ।

उनीहरुले उपकुलपतिलाई नै सम्बोधन गरेर सामूहिक राजीनामा दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

Subscribe

© copyright 2016-2026 and all right reserved to Swasthaya Patra