बिहिबार, साउन १०, २०८१ Thursday 25th of July 2024

चिकित्सकलाई कारबाही गर्नाले सेवाग्राहीलाई सास्ती

  • स्वास्थ्य संवाददाता
  • प्रकाशित मिति : मङ्लबार, भदौ १०, २०७६


चिकित्सकलाई कारबाही गर्नाले सेवाग्राहीलाई सास्ती

दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले अस्पतालनमा १२ जना चिकित्सक एकैपटक बर्खास्त गरेपछि उपचारका लागि आएका बिरामीले सास्ती व्यहोर्नु परेको छ ।

ऐनविपरीत काम गरेको भन्दै प्रतिष्ठानले एकैपटक करारका १० जना र नेपाल सरकारका विषशेज्ञसहित १२ जना चिकित्सकलाई कारबाही गरेपछि अस्पतालको सेवा प्रभावित भएको हो । प्रतिष्ठानले नेपाल सरकारका चिकित्सकहरूलाई पनि अस्पतालमा हाजिर नगरी स्वास्थ्य मन्त्रालयमा सम्पर्क गर्न भन्दै पत्र काटेको बताइएको छ ।

उपकुलपति डा. संगिता भण्डारीसहित ४ जना डाक्टरको समूहले ओपिडीमा बिरामी जाँच्ने काम गरिरहेका छन् । तर २७ जना चिकित्सकले दिँदै आएको सेवा ४ जनाबाट मात्र प्रदान गर्नु परेपछि अस्पतालमा बिरामीले लामो समय कुर्नु पर्नुका साथै बिरामीले बिशेषज्ञ डाक्टरको सेवा पाउन सकेका छैनन् । उपचारका लागि अस्पताल पुगेका कतिपय बिरामी उपचार बिना फर्किएका छन ।

सरकारी डाक्टर र प्रतिष्ठानका डाक्टरबीच सेवासुविधाको हिसाबले पनि फरक छ। नेपाल सरकारका चिकित्सकहरूले प्रतिष्ठानको नियम मान्न तयार नभएकाले मन्त्रालयमा फिर्ता पठाउनु परेको उपकुलपति डा. संगिता भण्डारीको बताइन । ‘प्रतिष्ठानको नियम नमान्ने कसैलाई छुट छैन। या त नियम मान्नुस् नत्र काम गराउन सक्दैनौं,’ उनले भनिन्।

यता चिकित्सकहरूले प्रतिष्ठान आफूहरूप्रति पूर्वाग्रही ढंगले लागेको बताएका छन् । प्रतिष्ठानको नेतृत्वमा भएका खराब नियतका कारण यस्तो अवस्था आएको चिकित्सकको भनाइ छ।

‘एक जना चिकित्सकलाई बिना कारण निलम्बन गर्ने काम गरेकोले अस्पतालका चिकित्सक एक भएका हुन्,’ कार्यरत एक डाक्टरले बताए । सोही विषयलाई लिएर अहिलेको अवस्था आएको उनको भनाइ छ।

अस्पतालका चिकित्सकलाई कारबाही गरेपछि चिकित्सक अभाव टार्न तत्काल पदपूर्ति गर्ने र समान प्रकृतिका संस्थामा जनशक्ति माग गर्ने योजना प्रतिष्ठानले बनाएको छ।

ठूलो संख्यामा चिकित्सक निकालिएपछि उत्पन्न समस्या समाधान गर्न नयाँ चिकित्सकको भर्नाका साथै समान प्रकृतिका संस्थाबाट चिकित्सक मगाउने तयारी गरेको प्रातिष्ठानका रजिस्टार रामप्रसाद प्याकुलेरले बताए ।

व्यवस्थापन र कर्मचारीबीचको विवादका कारण सेवाग्राही भने अन्यौलमा परेका छन्। प्रतिष्ठान भित्रको विवाद समाधान गर्नभन्दा पनि प्रतिष्ठानले यसलाई जुँगाको लडाईंका रुपमा लिएको धेरैको बुझाइ छ। तर सेवाग्राही वा बिरामीहरुलाई असर नहुने गरी तत्काल विवाद समाधान गर्न समन्वय र सहकार्य गर्न स्थानीय तथा बिरामीको माग छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra