बिहिबार, साउन १०, २०८१ Thursday 25th of July 2024

नर्सिङ लाइसेन्स परीक्षामा ३१ कलेजको नतिजा शुन्य मायादेवी र देउराली पनि

  • स्वास्थ्य पत्र संवाददाता
  • प्रकाशित मिति : बुधबार, भदौ ११, २०७६


नर्सिङ लाइसेन्स परीक्षामा ३१ कलेजको नतिजा शुन्य मायादेवी र देउराली पनि

बुटवल – नेपाल नर्सिङ काउन्सिलले गत असारमा लिएको नर्सहरुको नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा ३१ वटा कलेजबाट सहभागी भएका सबै विद्यार्थी फेल भएका छन् ।

परीक्षामा सहभागि भएका विद्यार्थीमध्ये ३५ प्रतिशत मात्र पास भएका छन् । जसमा ३१ वटा कलेजबाट सहभागि भएका सबै विद्यार्थी फेल भएका हुन । असारमा भएको परीक्षामा नेपाल र भारतका गरी २ सय १४ वटा कलेजबाट एक हजार ५ सय १९ विद्यार्थी सहभागि थिए। कुल सहभागिमध्ये ९ सय ७४ जना फेल भएका छन् भने १८ जना अनुपस्थित थिए । परीक्षामा पास हुनेको संख्या जम्मा ५ सय २६ मात्र छ।

पछिल्लो समय नर्सिङको नतिजा कमजोर आउन थालेपछि यसको गुणस्तरका विषयमा बहस सुरु हुन थालेको छ ।
काउन्सिलले नर्सिङ लाइसेन्स परीक्षा एक वर्षमा तीन पटक लिने गरेको छ । तीमध्ये चैतमा र कात्तिकमा हुने परीक्षामा धेरै विद्यार्थी सहभागि हुन्छन् भने असारमा सहभागि हुनेको संख्या भने कम हुन्छ ।
शुन्य नतिजा ल्याउनेमा रुपन्देहीका नाम चलेको कलेजहरु मायादेवी टेक्निकल कलेज बुटवल, देउराली जनता प्राविधिक शिक्षालय बुटवल लगायत छन ।

यी हुन् काउन्सिलको परीक्षामा शुन्य नतिजा आएका कलेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra