शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभका लागि परित्राण पाठ

  • डी आर बञ्जाडे
  • प्रकाशित मिति : बुधबार, भदौ १८, २०७६


प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभका लागि परित्राण पाठ

बुटवल—प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामनासहित बुद्ध जन्मस्थल लुम्बिनीमा परित्राण पाठ गरिएको छ । मंगलबार साँझ लुम्बिनीमा प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको लागि भन्दै परित्राण पाठ गरिएको हो । उपचारका लागि सिंगापुर रहेका प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गर्दै लुम्बिनीस्थित मायादेवी मन्दिर अगाडि परित्राण पाठसहितको अुनष्ठान गरिएको थियो । लुम्बिनी विकास कोष र लुम्बिनीस्थित विभिन्न देशका बौद्ध विहारको संयुक्त आयोजनामा परित्राण पाठ गरिएको लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईले जानकारी दिए । परित्राण पाठ (सुत्र) विश्वभरिका बौद्ध भिक्षुहरुले गर्ने एक सुपरिचित बौद्ध अभ्यास हो । जसले भयबाट मुक्त गर्दछ भन्ने विश्वास गरिन्छ । यो अभ्यास विशेष गरी पाली भाषाको प्रयोग गर्ने थेरवादी बुद्धिष्ट मुलुकहरूमा बढी प्रचलन छ । परित्राण पाठ जन्म दिन, घरमा स्वस्थ शान्ति, गृह दोष, रोगी बिरामी, आपत—विपत अवस्थामा अग्रज भिक्षुहरुबाट गराइन्छ । परित्राणको पाठ मानसिक सुदृढता, खराब विचार, दुर्भाग्य, अस्वस्थता, ग्रहदशाको दुस्प्रभावबाट रक्षा गर्नको लागि गर्ने चलन छ । यो पाठ भिक्षुहरु बाट विभिन्न लयमा गर्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra