बिहिबार, साउन १०, २०८१ Thursday 25th of July 2024

रुपन्देहीमा देखियो ४८ जनामा डेंगु, अस्पतालमा किट छैन

  • कृष्ण गाउँले
  • प्रकाशित मिति : बिहिबार, भदौ १९, २०७६


रुपन्देहीमा देखियो ४८ जनामा डेंगु, अस्पतालमा किट छैन

बुटवल – रुपन्देहीमा यो वर्ष ४८ जना डेंगुका बिरामी फेला परेका छन् । दुई वर्षअघि भयाभह रुप लिएकोमा वर्षा रोकिनासाथ बिरामी फेला परेका हुन् ।  जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. राजेन्द्रकुमार गिरीका अनुसार बिरामीको संख्या दैनिक बढिरहेको छ । भदौं १८ गतेसम्म ४८ जनामा संक्रमण देखिएको हो ।

रुपन्देहीमा विगत ६ वर्षदेखि डेंगुका बिरामी भेटिदै आएका छन् । गतवर्ष ३८ जना मात्रै बिरामी भेटिएका थिए । दुई वर्षअघि भने बिरामीको संख्या एक हजारभन्दा बढी थियो । अहिलेसम्म चारजनाको मृत्यु भएको छ ।

जमेको सङ्लो पानीमा डेंगु फैलाउने लामखुट्टेले प्रजनन् प्रक्रिया गर्ने भएकाले वर्षा रोक्रिएसँगै रुपन्देहीमा डेंगुको बिगबिगी फैलिएको हो । स्वास्थ्य कार्यालय रुपन्देहीले रोग फैलाउने लामखुट्टे मार्नका लागि अभियान थालेको छ । त्यसका लागि प्रहरीको सहयोग मागिएको प्रमुख गिरीले बताए । प्रायःजसो अस्पतालमा बिरामीको अत्याधिक चाप रहेको छ । तर डेंगु परीक्षण गर्ने किटको अभाव छ । स्वास्थ्य प्रमुख गिरीले केन्द्रबाट कम मात्रामा किट आएकाले बिरामीको चाप बढे उपचारमा कठिनाई हुने बताए । संघीय सरकारबाट किट आउन ढिलाई हुने संकेत देखिएकोले, उनले भने,’स्थानीय तहले छिटो पहल थाल्नुपर्छ ।’

अन्य क्षेत्रमा भन्दा बुटवल क्षेत्रका बिरामीमा बढी संक्रमण देखिएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटबलका मेडिकल सुपरिटेन्डन डा. कृष्ण खनालले अस्पतालमा बिरामीको संख्या दैनिक बढिरहेको बताए । यो भाइरसको कारण हुने संक्रमण हो । मौसम परिवर्तनका कारण केही दिनयता भाइरल ज्वरोका बिरामी बढसँगै डेंगु भएकाका बिरामी पनि देखिन थालेका हुन् ।

रूपन्देहीमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, भीम अस्पताल भैरहवा, युनिभर्सल मेडिकल कलेज भैरहवा र क्रिमसन अस्पताल मणिग्राममा डेंगु परीक्षण गर्न सकिन्छ । तीन दिनको लगातार ज्वरो, प्लेटलेसको मात्रा १ लाखभन्दा कम र डब्लुबिसीको संख्या ४ हजारभन्दा कम भयो भने किट प्रयोग गरेर डेंगुको निक्र्योल गरिन्छ ।

चिकित्सकले कसैलाई ज्वरो आइहालेमा कुनै औषधि नखाई अस्पतालमा परीक्षणका लागि आउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra