बुटवल – जिल्ला अस्पताल गुल्मीका सुपरिटेन्डेन्ट डाक्टर उत्तम पाच्याले यस वर्षको उत्कृष्ट डाक्टरको उपाधि पाएका छन् ।
काठमाडौंबाट सञ्चालित स्वास्थ्य खबर पत्रिकाले हेल्थ अवार्ड २०७६ को अवसरमा डाक्टर पाच्यालाई उत्कृष्ट डाक्टरको रुपमा उपाधि प्राप्त गरेका हुन् । उनलाई शिक्षामन्त्री गिरीराजमणि पोखरेल र स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवले उपाधि प्रदान गरे ।
डाक्टर पाच्याले जिल्ला अस्पताल गुृल्मीमा जोखिमपुर्ण शल्यक्रिया र सहज सुलभ सेवा प्रवाह गर्ने गरेको प्रति उच्च मूल्यांकन गर्दै उक्त उपाधिबाट सम्मानित गरिएको जनाइएको छ ।