शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

लामाले मागिन, मेडिकल शिक्षामा ७५ प्रतिशत छात्रवृत्ति

  • कृष्ण गाउँले
  • प्रकाशित मिति : बिहिबार, भदौ १९, २०७६


लामाले मागिन, मेडिकल शिक्षामा ७५ प्रतिशत छात्रवृत्ति

काठमाडौं – सांसद नवीना लामाले चिकित्सा शिक्षा क्षेत्रमा ७५ प्रतिशत निशुल्क शिक्षाको व्यवस्था लागू गर्न माग गरेकि छिन बुधबार संसदमा विशेष समय लिएर बोल्दै लामाले सरकारी मेडिकल कलेजले निशुल्क शिक्षाको व्यवस्था लागू गर्न नमानिरहेको बताइन् ।

देशभरिका मेडिकल क्षेत्रका विद्यार्थीहरु सडक आन्दोलनमा उत्रेको उल्लेख गर्दै लामाले भनिन, ‘लामो समयसम्म आन्दोलन मेडिकल शिक्षाका सरोकारवालाहरु, डा. गोविन्द केसीलगायत हाम्रो आन्दोलन र बलिदानीसँग जोडिएको हाम्रो चिकित्सा ऐनलाई उल्लंघन भएको छ। मेडिकल सञ्चालकहरू विशेष गरी हामीले विश्वास गरेको आईओएमअन्तर्गतका संस्थाले समेत त्यो कानूनलाई उल्लंघन गरेको छ।’

महाराजगञ्ज चिकित्सा क्याम्पस, काठमाडौं स्कुल अफ साइन्स, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानजस्ता संस्थाहरुले स्थानीय तहको कार्यक्रममा उपलब्ध सीट संख्याको ७५ प्रतिशत निःशुल्क छात्रवृत्तिको व्यवस्था उल्लंघन गरेको उपलब्ध सांसद लामाको भनाई थियो ।

७५ प्रतिशत निशुल्क शिक्षाको व्यवस्था लागू गर्न कलेजहरुले पालना नगरेको भन्दै लामाले आन्दोलनसँग जोडिएको चिकित्सा शिक्षा ऐन कार्यान्वयनमा सरकारले हेलचेक्र्याइँ गर्न नमिल्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra