नेपालमै नाम चलेका बाथ रोग विशेषज्ञ डाक्टर अरूण कुमार गुप्ता भोलि अर्थात भदौ २१ गते काठमाडौं हेल्थ केयर मैत्रीपथ बुटवलमा आउने भएका छन । काठमाडौंको नर्भिक अस्पताल तथा अल्का अस्पतालमा कार्यरत डाक्टर गुप्ता बुटवल अाउने कुरा काठमाडौं हेल्थ केयरका सञ्चालक भेषबहादुर थापाले बताए । गत महिना सयौं सेवाग्राहीलाई यही आएर सेवा प्रदान गरेका डाक्टर फेरि आउँदैछन् ।
निम्न लक्ष्यण भएकाहरुले स्वास्थ्य परिक्षण गर्न सकिनेछ
जोर्नी दुख्ने, ढाड दुख्ने आदि मुख्य लक्षण हुन् । रातिमा बढी ढाड दुख्नु पनि ढाडको बाथको लक्षण हो । त्यस्तो बाथ काम गर्दा र एक्सरसाइज गर्दा अलि कम हुन्छ ।
हातगोडाका औंला निलो हुनु पनि बाथ हो । १२ हप्ताभन्दा पछाडि बच्चा गर्भमा नरहने वा खस्ने समस्या छ भने त्यो बाथको कारण हो ।रक्तनलीमा रगत जम्ने, त्यसपछि हातखुट्टा झमझम गर्ने र छारेरोग सबै बाथको लक्षण हो ।
हातगोडा बाङ्गिने, गाँठागुँठी आउने, पेट दुख्ने, डाबर आउने, चिलाउने पनि बाथको लक्षण हो । यदि त्यस्तो भैरह्यो भने छाला विशेषज्ञले पनि रिफर गरी बाथरोग विशेषज्ञकहाँ पठाउनुपर्छ ।
१२ हप्तापछि पनि बच्चा खस्यो भने गाइनोकोलोजिस्टले बाथरोग विशेषज्ञकोमा पठाउनुपर्छ । कतिपय बाथको कारण नै थाहा हुँदैन ।