शुक्रबार, साउन ११, २०८१ Friday 26th of July 2024

उपचारपछि प्रधानमन्त्री ओली स्वदेश फिर्ता, तत्काल फ्लोअपमा जानुनपर्ने

  • कृष्ण गाउँले
  • प्रकाशित मिति : शुक्रबार, भदौ २०, २०७६


उपचारपछि प्रधानमन्त्री ओली स्वदेश फिर्ता, तत्काल फ्लोअपमा जानुनपर्ने

काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचार गरी सिंगापुरबाट शुक्रबार स्वदेश फर्किएका छन् । सिंगापुरबाट थाइल्याण्ड हुँदै दिउँसो १२ बजे ओली नेपाल आएका हुन ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षसमेत रहेका ओलीको स्वास्थ्य स्थिति बुझ्न भन्दै सिंगापुर गएका नेकपाका प्रस्तावित उपाध्यक्ष वामदेव गौतम र महासचिव विष्णु पौडल पनि ओलीसँगै नेपाल फर्किएका हुन ।

मृगौलाको समस्याका कारण ‘एन्डीबडी’ को मात्रा बढेर प्रधानमन्त्री ओली भदौ ५ गते सिंगापुर गएका थिए । उनको सिंगापुरस्थित नेशनल अस्पतालमा उपचार भएको थियो ।

यसअघि पनि प्रधानमन्त्री ओली गत साउन १८ गतेदेखि २७ गतेसम्म सिंगापुरमै उपचार गराएर स्वदेश फर्किएका थिए । अब भने प्रधानमन्त्री तत्काल फ्लोअपमा जानुनपर्ने, पहिले जस्तै तन्दुरुस्त भएको कुरा नेकपाका महासचिव पौडेलले बताए ।

सातौं चरणको प्लाज्मा फेरिसिस गत बुधबार सकिएपछि प्रधानमन्त्री स्वेदश फर्किएका हुन् । प्रधानमन्त्रीको साथमा उनकी पत्नी राधिका शाक्य, स्वकीय सचिव राजेश ब्रजाचार्यलगायत छन् ।

उपचारकै क्रममा सिंगापुरमा रहँदा प्रधानमन्त्री ओलीले दुई पटक टेलिप्रिजेन्स प्रविधिमार्फत मन्त्रिपरिषदका सदस्यसँग सरकारका कामको बारेमा जानकारी लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra