शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

चितवन मेडिकल कलेजमा डेढ दर्जन विद्यार्थी प्रकाउ – प्रकाश पनि समातिए

  • स्वास्थ्य पत्र संवाददाता
  • प्रकाशित मिति : बुधबार, भदौ २५, २०७६


चितवन मेडिकल कलेजमा डेढ दर्जन विद्यार्थी प्रकाउ – प्रकाश पनि समातिए

चितवन मेडिकल कलेजमा अध्ययनरत नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश पक्राउ परेका छन् । उनलाई चितवन मेडिकल कलेजबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । चितवन मेडिकल कलेजका विद्यार्थीहरु केही दिन अगाडिदेखि विभिन्न माग राखी आन्दोलनरत छन् । उक्त आन्दोलनमा प्रकाश चन्दले नेतृत्व गर्दै आएका थिए ।

सोही क्रममा उनी सहित १८ जना विद्यार्थी पक्राउ परेका हुन् । ११ जना छात्र र ७ जना छात्रा रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रकाश सहित उनिहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनभित्र राखिएको प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए । अस्पतालभित्रै प्रवेश गरी सेवा प्रवाहमा अवरोध खडा गर्ने र तोडफोड गर्न खोजेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । अहिले मेडिकल कलेजको बाहिर प्रहरी तैथान गरिएको छ भने, विद्यार्थीहरुले आन्दोलन जारी राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra