शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

मेडिकल कलेजले एक महिनाभित्र अतिरिक्त शुल्क फिर्ता नगरे ठगी मुद्दा चलाइने

  • कृष्ण गाउँले
  • प्रकाशित मिति : मङ्लबार, अशोज ७, २०७६


मेडिकल कलेजले एक महिनाभित्र अतिरिक्त शुल्क फिर्ता नगरे ठगी मुद्दा चलाइने
  • सरकारले तोकेको भन्दा बढी शुल्क लिने मेडिकल कलेजहरुलाई सरकारले एक महिनाको अल्टिमेटम दिएको छ । एक महिनाभित्र शुल्क फिर्ता नगरे ठगी मुद्दामा कारबाही गर्ने सरकारको तयारी छ ।

सोमबार गृहमन्त्रालयमा बसेको बैठकमा बढी शुल्क लिने मेडिकल कलेजहरुलाई शुल्क फिर्ता गर्न आह्वान गर्ने र फिर्ता नगरे सञ्चालकलाई पक्राउ गरी मुद्दा चलाउने निर्णय भएको हो ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, गृहसचिव प्रेम कुमार राई, शिक्षा सचिव महेश दाहाल, त्रिभुवन विश्वविद्यालयकी उपकुलपति सुधा त्रिपाठी, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा श्रीकृष्ण गिरी, आईओएमका डिन जगदिश अग्रवाल, काठमाडौं विश्वविद्यालयका डिन डा राजेन्द्र कोजु लगायतको उपस्थितीमा बसेको बैठकले सो निर्णय गरेको हो ।

सरकारले तोकेको भन्दा अतिरिक्त शुल्क लिएको भन्दै विभिन्न मेडिकल कलेजमा विद्यार्थीहरुले आन्दोलन गरेपछि गृह मन्त्रालयले छलफल गरेको हो । गत वर्ष सरकारले अतिरिक्त शुल्क लिन मेडिकल कलेजविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सक्ने र ठगी मुद्दा चलाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra