शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

प्रधानमन्त्रीद्वारा नेपाल खुला दिसामुक्त राष्ट्र घोषित

  • स्वास्थ्य पत्र सम्बादाता
  • प्रकाशित मिति : सोमवार, अशोज १३, २०७६


प्रधानमन्त्रीद्वारा नेपाल खुला दिसामुक्त राष्ट्र घोषित

१३ असोज, काठमाडौं – नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको छ । असोज १३ गते राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा भएको घोषणा गरेका हुन् ।

सरकारले सन् २०११ सालबाट हरेक जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न सुरु गरेको थियो । सोही अभियान अन्तरगत सबैभन्दा पहिला कास्की जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो ।

घोषणाअघि खानेपानी मन्त्रालयका सचिव माधव बेलबासेले आधारभूत सरसफाइमा शतप्रतिशत सफलता हासिल भएको उल्लेख गर्दै अब पूर्ण सरसफाइमार्फत स्वच्छ र स्वस्थ्य नेपाल निर्माण गरिने बताए ।

उनका अनुसार १९८० मा २ प्रतिशत नेपालीको घरमा चर्पी रहेकामा सन् २०१० मा ४३ प्रतिशत पुगेको गियो । २०११ मा सरसफाइ गुरुयोजनामार्फत जनताकै लगानीमा २०१९ सम्म आधारभूत सरसफाइ अन्तरगत शतप्रतिशत घरमा चर्पी निर्माण भएको पनि उनले जानकारी दिए ।

अभियानमा सबै राजनीतिक दल, पेशा र व्यवसायमा संलग्न रहेकाले पनि देशलाई नै खुला दिसामुक्त घोषणा गर्न सक्ने अवस्थामा आइपुगेको खानेपानी मन्त्रालयको भनाइ छ । खुला दिसामुक्त राष्ट्र घोषणा भएसँगै सरसफाइ अभियानलाई तीव्रता दिने सरकारको योजना छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra