मङ्लबार, साउन ५, २०८३ Tuesday 21st of July 2026

छात्रवृत्तिमा बिडिएस तथा एमबिबिएस अध्ययनका लागि दरखास्त आह्वान

  • स्वास्थ्य पत्रसंवाददाता
  • प्रकाशित मिति : बुधबार, कार्तिक ६, २०७६


छात्रवृत्तिमा बिडिएस तथा एमबिबिएस अध्ययनका लागि दरखास्त आह्वान

काठमाडौं- नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छात्रवृत्तिमा एमबिबिएस तथा बिडिएसमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि दरखास्त आह्वान गरेको छ।
मन्त्रालय अन्तर्गतको छात्रवृत्ति शाखाले बुधबार सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक व्यक्तिले कात्तिक ६ देखि २० भित्र अनलाइनमार्फत दरखास्त दिनसक्ने बताएको छ।

मन्त्रालयले ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५’ बमोजिम ७५ प्रतिशत निःशुल्क छात्रवृत्ति सिट कायम गरिएका तथा काठमाडौंं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त स्वदेशी लगानीका शिक्षण संस्थामा २० प्रतिशत एवं विदेशबाट प्राप्त हुने २० प्रतिशत छात्रवृत्तिमा मनोनयन गर्न योग्यताक्रम कायम गर्ने प्रयोजनका लागि दरखास्त आह्वान गरेको हो।

सरकारले ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५’ मा व्यवस्था भएअनुरुप यसपटक देखि सरकारी मेडिकल कलेज तथा प्रतिष्ठानमा एमबिबिएस तथा बिडिएसमा ७५ प्रतिशत छात्रवृत्ति दिने व्यवस्था गरेको छ। निजी मेडिकल कलेजमा १० प्रतिशत, विदेशी लगानी भएका निजी मेडिकल कलेजमा २० प्रतिशत छुट्याइएको छ।

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले ७५ प्रतिशत छात्रवृत्ति उपलब्ध गराउँदै आएका छन्। यस्तै विदेशी लगानी भएका मणिपाल मेडिकल कलेज पोखरा, देवदह मेडिकल कलेज रुपन्देही र कलेज अफ मेडिकल साइन्सेज भरतपुरले कूल सिट संख्याको २० प्रतिशत छात्रवृत्ति दिनुपर्नेछ। बाँकी मेडिकल कलेजहरुले १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने प्रावधान छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

Subscribe

© copyright 2016-2026 and all right reserved to Swasthaya Patra