शनिबार, बैशाख १, २०८१ Saturday 13th of April 2024

दिल्लीमा फैलिएको हावा के हो ? यो कति खतरनाक छ ?

  • स्वास्यपत्र संवाददाता
  • प्रकाशित मिति : आइतवार, कार्तिक १७, २०७६


दिल्लीमा फैलिएको हावा के हो ? यो कति खतरनाक छ ?

’बिबिसी– अत्यधिक हावा प्रदूषण भएपछि दिल्लीमा जनस्वास्थ्य आपतकाल घोषणा गरिएको छ। भारतको सुप्रिम कोर्टद्वारा गठन भएको प्यानल इपिसीएले जनस्वास्थ्य आपतकाल घोषणा गरेको हो।

भारतको राजधानी नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पहिले नै दिल्लीलाई ग्यास चेम्बर बताइसकेका छन्। यो आपतकाल घोषणासँगै सरकारले पाँच नोभेम्बरसम्मका लागि सबै विद्यालय पनि बन्द गर्ने आदेश दिएको छ।

यसका साथै मानिसहरुलाई सकेसम्म घरबाहिर ननिस्कन पनि भनिएको छ। निजी सवारीसाधन पनि कम प्रयोग गर्न सल्लाह दिइएको छ। साथै सरकारले फोहर नजलाउन पनि जनतासँग आग्रह गरेको छ। सबै प्रकारका निर्माण कार्य पनि तत्कालका लागि रोक्न निर्देशन दिइएको छ।

इपिसीएका प्रमुख भुरे लालले उत्तर प्रदेश, हरियाणा र दिल्लीका मुख्य सचिवहरुलाई पत्र लेखेर दिल्ली एनसिआरमा वायुमा अध्यधिक प्रदूषणको मात्र बढेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

यस्तो स्थिति कसरी भयो?
दिल्लीका मुख्यमन्त्री केजरीवालले छिमेकी देशका किसानले जलाएको परालको धुँवाले दिल्लीमा असर देखिएको बताएका छन्।

तर, केन्द्रीय पर्यावरणमन्त्री प्रकाश जावडेकरले भने हरियाणा र पञ्जावलाई यो स्थितिका लागि दोष दिनुभन्दा मिलेर समाधान खोजेको भए स्थिति राम्रो हुने भन्दै टिप्पणी गरेका छन्।

विद्यालय बन्द गरिए पनि मानिसलाई कामका लागि घरबाहिर निस्कनै पर्छ। बिबिसीले प्रदूषणको असर बारेमा कुराकानी गरेका अधिकांशले बाटोमा निस्कने बित्तिकै टाउको दुख्ने, खोकी लाग्ने र आँखामा जलन हुन सुुरु हुने बताएका छन्।

के यही स्वास्थ्य आपतकाल हो?
हावाको गुणस्तरलाई एयर क्लालिटी इन्डेक्सबाट नापिन्छ। यदि एयर क्लालिटी इन्डेक्स ० देखि ५० को बीचमा भए राम्रो मानिन्छ। ५१ देखि १०० बीचमा भए सन्तोषजनक मानिन्छ। १०१ देखि २०० को बीचमा भए औसत र २०१ देखि ३०० को बीचमा भए खराब, ३०१ देखि ४०० को बीचमा भए निकै खराब र ४०१ देखि ५०० को बीचमा भए गम्भीर मानिन्छ।

दिल्लीमा धेरै ठाउँमा वायुको गुणस्तर ५०० भन्दामाथि मापन गरिएको छ। आँखाले देख्न नसकिने हावामा तैरिने मसिना कणले सास फेर्न कठिन बनाउँछन्। साथै हाम्रो शरीरमा प्रवेश गर्छन्।

वायुमण्डलमा यसको मात्रा जति कम हुन्छ हावा उति नै साफा हुन्छ। हावामा सुरक्षित स्तर ६० माइक्रोग्राम हो। यसको साथै पिएम १० ले पनि हावाको गुणस्तरलाई प्रभावित पार्छ।

हुनत, २०१७ मा हावामा खतरनाक सूक्ष्म कणको मात्रा ७०० माइक्रोग्राम प्रति घनमिटरसम्म भएको मापन गरिएको थियो। यो कण हाम्रो नाकको रौँबाट पनि रोकिँदैन र फोक्सोसम्म पुगी असर गर्छ।

साथै यस्ता अन्य हानिकारक तत्व छन्, जो सवारीसाधन र उद्योगबाट निस्कछन्। जस्तो कि नाइट्रोजन डाइअक्साइड र ओजोनजस्ता ग्यास। यही गम्भीर स्थितिलाई मध्यनजर गर्दै सरकारले जनस्वास्थ्य आपतकाल घोषणा गरेको हो।

सेन्टर फर साइन्स एन्ड इन्भाइरोमेन्ट अनुसन्धानकर्ता शांभवी शुल्ला भन्छिन्, ‘हावामा कान्सन्टे«सन लेवल सामान्यबाट अधिक स्थितिमा पुगेको छ। जसको कारण मानिस यस्तो हावामा श्वास फेर्छ, उसमा नकारात्मक असर देखिन थाल्छ। यही नै स्वास्थ्य आपतकाल हो।’

उनका अनुसार आँखमा जलन हुनु र श्वास फेर्न गाह्रो हुनु सबैभन्दा बढी देखिने समस्या हो।
लंग केयर फाउन्डेसनका संस्थापक डा अरबिन्द कुमार पनि यसै भन्छन्, ‘जब यस्तो हावामा मानिस जान्छ, आँखा पोल्न थाल्छ। साथै नाक, घाँटी पनि पोल्न थाल्छ।’ दमका रोगीको लागि यो समय अझ बढी खतरनाक हुने डा अरबिन्दको भनाइ छ।

यसको कारण के हो?
यस्तो स्थिति हुनुमा कुनै एक मात्र कारणलाई दोष दिन नमिल्ने शांभवीको भनाइ छ। उनी भन्छिन्, ‘यो कुरालाई नकार्न सकिन्न कि, छिमेकी राज्यमा लगाइएको पराल त्यसबाट निस्केको धुँवा पनि एक कारण हो। तर यो मात्र कारण होइन। यसका अलावा निर्माण कार्य, सवारी साधनबाट निस्केको प्रदूषण पनि कारण हो।’

जनस्वास्थ्य आपतकाल अनौठो कुरा होइन
शांभवीका अनुसार धेरै मानिसका लागि जनस्वास्थ्य आपतकाल नयाँ शब्द भए पनि यो नयाँ कुरा होइन।

२०१२ मा चीनमा पनि जनस्वास्थ्य आपतकाल घोषणा गरिएको थियो। किनकि त्यहाँ पनि प्रदूषणको मात्रा अत्यधिक बढेको थियो। उनले भनिन्, ‘जबकि भारतमा यस्तो घोषणा गर्न निकै समय लगाइयो। तर अन्य देशमा यस्तो अवस्थाको सुरुवात चरणमै जनस्वास्थ्य आपतकाल घोषणा गरिन्छ।’

यो स्थितिको सामना गर्न थोरै संयम राख्नुपर्ने हुन्छ। किनभने मौसमलाई मानिसको हिसाबले चलाउन सकिँदैन। तर आफ्नो गतिविधिलाई नियन्त्रण गर्न सरोकारवालाले आग्रह गरेका छन्।

कति खतनाक छ यो प्रदूषण?
सन् २०१५ मा गरिएको एउटा अध्ययनले राजधानी नयाँदिल्लीका प्रत्येक १० मध्ये ४ बालबालिका फोक्सोको गम्भीर समस्याबाट पीडित भएको देखाइएको छ। २०१५ मा प्रदूषणबाट मृत्यु हुने देशको सूचीमा भारत १८८ देशमध्ये पाँचौं स्थानमा थियो।

चर्चित मेडिकल जर्नल द लासेन्ट मा प्रकाशित अध्ययनअनुसार दक्षिणपूर्वी एसियामा २०१५ मा ३२ लाखको मृत्यु भएको छ। यसमा भारत पनि छ। साथै सोही विश्वभर ९० लाख मानिसको मृत्यु भएकोमा भारतमात्र २५ लाखभन्दा धेरै मानिसको मृत्यु भएको थियो।

एयर क्वालिटी इन्डेक्स ३६० भन्दामाथि हुनु भएको २० देखि २५ चुरोट पिएजस्तै हो। यो आधारमा दिल्लीमा नन्स्मोकर कोही छैनन्।

प्रदूषित हावाबाट बच्ने केही उपाय
– धुवाँ र धुलोबाट सकेसम्म बच्ने, बाहिर निस्कँदा मास्क लगाउने
– दमका रोगीले निबोलाइजर र इनहेलर सधैं साथमा राख्ने
– भिजेको रुमाल पनि प्रयोग गर्न सकिन्छ
– आँखा, नाक, ओठ रातो भएमा वा पोलेमा चिसो पानीले धुने
– सकेसम्म बिहान र साँझमा बाहिर ननिस्कने
– लामो समय भारी काम नगर्ने
– प्रदूषण धेरै भएको महसुस भएमा झ्यालढोका बन्द गर्ने

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra