सोमवार, साउन ४, २०८३ Monday 20th of July 2026

भगवान कोइराला मेडिकल काउन्सिल अध्यक्ष बन्ने

  • स्वास्थ्य पत्र संवाददाता
  • प्रकाशित मिति : आइतवार, कार्तिक १७, २०७६


भगवान कोइराला मेडिकल काउन्सिल अध्यक्ष बन्ने

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठक सकिएको छ। मन्त्रिपरिषद् बैठक झन्डै डेढ घन्टा बसेको थियो।

प्रधानमन्त्री पूरै समय बैठकमा बसेको कुरा बैठकपछि एक मन्त्रीले बताए ।
गत बुधबार प्रधानमन्त्री ओली मिर्गौलाको डायलासिसका लागि ग्रान्डी इन्टरनेसनल अस्पताल गएपछि आज पहिलो पटक मन्त्रिपरिषद् बैठक बसेको हो ।

आजको मन्त्रिपरिषद् बैठकले डाक्टर भगवान कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्ष बनाउने निर्णय गरेको छ।

मुटु रोग विशेषज्ञ डा. कोइराला यसअघि त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक र शहीद गंगालाल हृदय रोग केन्द्रका निर्देशक थिए।

आजको मन्त्रिपरिषद्ले गरेका थप निर्णयबारे जानकारी दिइएको छैन। सरकारले हरेक बिहीबार पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

Subscribe

© copyright 2016-2026 and all right reserved to Swasthaya Patra