शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

स्वास्थ्यकर्मी संघको नयाँ नेतृत्वका लागि रस्साकस्सी को बन्ला अध्यक्ष?

  • स्वास्थ्य पत्र संवाददाता
  • प्रकाशित मिति : शुक्रबार, कार्तिक २२, २०७६


स्वास्थ्यकर्मी संघको नयाँ नेतृत्वका लागि रस्साकस्सी को बन्ला अध्यक्ष?

काठमाडौं – नेपाल स्वास्थ्यकर्मी संघको नयाँ नेतृत्वका लागि धेरै आंकाक्षी देखिएका छन्। संघको ७औं महाधिवेशन शुक्रबार र शनिबार काठमाडौंमा हुँदैछ।

संघको नयाँ नेतत्वका लागि सहअध्यक्षहरु ओमप्रसाद उपाध्याय, कृष्ण नागिलाले लबिङ सुरु गरेको छन्। वर्तमान अध्यक्ष रामजी घिमिरेले पनि नेतृत्वमा रहने इच्छा देखाएका छन । त्यस्तै संघ सल्लाहकार धनप्रसाद पौडेलको नाम पनि अध्यक्षका लागि चर्चामा छ।

अध्यक्षका प्रत्याशी ओमप्रसाद उपाध्यायले आफु संघको बलियो उम्मेदवार रहेको प्रतिक्रिया दिए। उनले संघको विकास र विस्तारका लागि र पेशागत हकहितका लागि आफू निरन्तर लागिरहेने पनि बताए।

अर्का दावेदार कृष्ण नागिलाले पनि आफु बलियो दावेदार भएको प्रतिक्रिया दिए।

उनले भने,‘अध्यक्षको लागि मेरो पनि उम्मेद्वारी छ। सबै कुरा मिलेमा नेतृत्वकर्ताको चयन सर्वसम्मत पनि हुनसक्ने सम्भावना छ। अहिले नै केही भन्न सकिन्न।’

संघको अध्यक्षका लागि धनप्रसाद पौडेलले पनि आफ्नो तर्फबाट गृहकार्य गरिरहेका छन्।

यस्तै, महासचिव पदमा लागि दीपक मुडभरी, दीपकराज भट्ट, देवराज लामिछाने, नवराज श्रेष्ठ, शंकर कँडेल, योगेन्द्र पन्जियारले आफ्नो लविङ सुरु गरेका छन्। मुडभरी वर्तमान कार्यसमितिका पनि महासचिव हुन्।

संघको पहिलाको विधान परिवर्तन भएपछि सहअध्यक्ष पद हटाइएको छ भने एक जना वरिष्ठ उपाध्यक्षको पद राखिएको छ। तर, वरिष्ठ उपाध्यक्षका लागि अहिलेसम्म कोही प्रत्याशीको चर्चा नभएको कार्यसमितिका एक सदस्यले बताए। उनका अनुसार महासचिवमा देवराज लामिछानेलाई दिएर दीपक मुडभरीलाई वरिष्ठ उपाध्यक्ष दिने विषयमा पनि छलफल चलिरहेको छ।

हरेक चार वर्षमा हुनुपर्ने संघको चुनाव दुई वर्ष ढिला गरी हुन लागेको हो।
अधिवेशनका लागि देशभरबाट ६ सय ५० प्रतिनिधि हुने बताइएको छ। प्रतिनिधि काठमाडौं आउने क्रम सुरु भइसकेको छ।

संघमा अहिले १८ हजारभन्दा बढी सदस्य रहेका छन्। उनीहरुका तर्फबाट प्रतिनिधित्व गर्दै ६ सय ५० प्रतिनिधि राजधानी आउने छन्। यी प्रतिनिधीहरुले संघको नयाँ कार्यसमिति चयन गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra