शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

विद्यार्थीमाथि कुटपिट प्रकरण : अनेरास्ववियूको ध्यानाकर्षण र माग यस्तो छ

  • स्वास्थ्य पत्र सम्बाददाता
  • प्रकाशित मिति : शनिबार, मंसिर ७, २०७६


विद्यार्थीमाथि कुटपिट प्रकरण : अनेरास्ववियूको ध्यानाकर्षण र माग यस्तो छ

काठमाडौं । नेशनल मेडिकल कलेजका विद्यार्थीले गरेको शान्तिपूर्ण आन्दोलनका क्रममा कलेज प्रशासनले गुन्डा प्रयोग गरेको भन्दै अनेरास्ववियूले ध्यानाकर्षण भएको जनाएको छ ।

विद्यार्थीको शान्तिपूर्ण आन्दोलनमा कलेज प्रशासनले बाहिरी गुन्डा प्रयोग गरी बिद्यार्थीलाई भौतिक र मानसिक यातना दिने काम तत्काल रोक्न अनेरास्ववियूले माग गरेको छ ।

विद्यार्थीमाथि भौतिक ताथ मानसिक यातना दिनु अपराध भएको भन्दै अनेरास्ववियूले घटनाको दोषीलाई कानुनको दायरामा ल्याइ तत्काल कारबाही गर्न माग गरेको छ ।

राज्यले तोकेको शिक्षण शुल्क लागू गर्नुपर्ने, विद्यार्थीमाथिको दमन रोक्नुपर्ने, अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने लगायतको माग सहित मेडिकल कलेजका विद्यार्थी आन्दोलनरत छन् ।

विद्यार्थीको अधिकार र सहज वातावरणको लागि अनेरास्ववियू सधैं लडिरहने अनेरास्ववियू नेतृ आरती लामाले बताएकी छिन् । यस सम्बन्धमा अनेरासववियू प्रदेश नम्बर २ ले वीरगञ्ज प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्रसमेत बुझाएको छ ।

कलेज प्रशासनले शान्तिपूर्ण आन्दोलनमा उत्रिएका विद्यार्थीलाई आन्दोलन फिर्ता गर्न दबाब दिएको, आन्दोलन फिर्ता नलिए ज्यान मार्नेसम्मको धम्की दिने गरेको नेतृ लामाले नागरिकखबरलाई जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra