बुधबार, साउन ६, २०८३ Wednesday 22nd of July 2026

सरकारले मेडिकल कलेजलाई दियो अल्टिमेटम २ दिन भित्र अतिरिक्त शुल्क फिर्ता नगरे ठगी मुद्दा

  • स्वास्थ्य पत्र सम्बाददाता
  • प्रकाशित मिति : सोमवार, मंसिर ९, २०७६


सरकारले मेडिकल कलेजलाई दियो अल्टिमेटम २ दिन भित्र अतिरिक्त शुल्क फिर्ता नगरे ठगी मुद्दा

९ मंसिर, काठमाडौँ । मेडिकल कलेजहरुले अवैध रुपमा असुलेको शुल्क फिर्ता फिर्ता नगरे २ दिन भित्र सरकारले कारवाही गर्ने भएको छ । सोमबार गृहमन्त्रालयमा भएको छलफलले अवैध शुल्क असुल्ने कलेज विरुद्द एक्सनमा उत्रिने निर्णय गरेको स्रोतले बताएको छ।

छलफलमा गृहमन्त्री रामबहादुर थापा बादल शिक्षामन्त्री गिरिराजमणि पोखरेल, महान्यायाधीवक्ता अग्नि खरेललगायत सहभागी थिए । ‘विद्यार्थी र अभिभावक ठगिएको टुलुटुलु हेरेर राज्य बस्न सक्दैन । भोलिदेखि मेडिकल कलेजविरुद्द सरकारको एक्सन सुरु हुन्छ’ बैठकमा सहभागी एक सदस्यले भने, ‘एक्सन के गर्ने भन्ने कुरा सुरक्षाको कुरा हो, भएपछि थाहा हुन्छ।’

मेडिकल कलेजहरुलाई शुल्क फिर्ता गर्न सरकारले दिएको १५ दिनको अल्टिमेटम आज सकिएको हो । तर कुनै पनि कलेजले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

Subscribe

© copyright 2016-2026 and all right reserved to Swasthaya Patra