स्वास्थ्य पत्र । युनिर्भसल मेडिकल कलेज भैरहवाका आन्दोलनरत विद्यार्थीहरुले सरकार र मेडिकल कलेजल सञ्चालक विचको सहमति पत्र जलाउँदै आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलन नरोक्ने बताएका छन् ।
सरकारले मेडिकल माफियाहरुसंग मिलेर विद्यार्थीहरुको माग सम्बोधन नहुने गरि गरेको सहमति आफुहरुलाई मान्य नहुने भन्दै सम्झौता पत्र जलाएका हुन् । बिद्यार्थीहरुले सरकारले एमविविएस अध्ययनको लागी तोकेको भन्दा बढी १५ लाख शुल्क लिएको भन्दै बिगत दुई महिनादेखी
आन्दोलन गरिरहेका छन् ।
सरकारले मेडिकल कलेज संचालकसंग बढी लिएको शुल्क समायोजन गर्ने सहमति गरेको छ तर सो सहमतिको विद्यार्थीले अश्विकार गरेका छन ।
सहमतिमा पहिलो र दोश्रो बर्षको मात्र बढी शुल्क लिएको फिर्ता हुने र अरु फिर्ता नहुने सरकार र मेडिकल कलेजहरुको सम्झौतमा उल्लेख गरिएको छ । विद्यार्थीहरुले विद्यार्थी लुटन पाईदैन, मेडिकल माफिया मुर्दाबाद, सक्छस भने न्याय दे, लुटतन्त्र बन्द गर, गुण्डागर्दी बन्द गर जस्ता नारा लगाएका थिए ।