शुक्रबार, साउन ११, २०८१ Friday 26th of July 2024

देवदह मेडिकलकलेजमा स्वागत कार्यक्रम सम्पन्न

  • कृष्ण गाउँले
  • प्रकाशित मिति : शुक्रबार, मंसिर १३, २०७६


देवदह मेडिकलकलेजमा स्वागत कार्यक्रम सम्पन्न

१३ मंसिर, बुटवल

देवदह मेडिकल कलेज, देवदह ९ रुपन्देहीका सामान्य चिकित्सा तथा नर्सिङ प्रथम बर्षका विद्यार्थीलाई द्वितीय र तृतीय वर्षका विद्यार्थी द्वारा स्वागत कार्यक्रम कलेजको सभा हलमा शुक्रबार सम्पन्न भएको छ ।

 

स्वागत समारोहमा बोल्दै सामान्य चिकित्सा प्रथम वर्ष बाजुराका दिनेश बुढा थापाले आफ्नो विकट गाउँमा स्वास्थ्य उपचार नपाएर झर्दैगरेका आँसु पुछ्ने अाशा लिएर पढ्न अाएको बताए । सप्तरीका रोशन कुमार चौधरीले सानो रोगले पिरोलिएको गाउँमा उपचार गर्ने उदेश्यले पढ्न आएको बताए । कार्यक्रममा गुल्मीकि प्रतिमा के. सि, पर्साका राम किशोर झा, रुकुम पश्चिमका कमल बस्नेत, स्याङ्जाकि रश्मि राना, रुपन्देहीकि प्रिती सुनार लगायत नव आगन्तुक विद्यार्थीहरुले आफु स्वास्थ्यकर्मीको अभाव भएको ठाउँ र गाउँमा गएर स्वास्थ्य सेवा दिने उदेश्य लिएको बताए ।

स्वागत समारोहका प्रमुख अतिथि कलेजका डाइरेक्टर डाक्टर रजनिस जिन्दलले मेहनत गर्न, ज्ञान हाँसिल गर्न र आफ्नो क्षेत्रमा राम्रो भुमिका निभाउन विद्यार्थी तथा सरोकारवालालाई अाह्वान गर्दै स्वागत गरे । एमबिबिएस संकायका कायममुकायम प्रिन्सिपल प्रा.डा. पी. सि. महाजनले विद्यार्थीहरुलाई शैक्षिक सफलता प्राप्त हुनेगरी पढाइलाई अगाडि बढाउन सुझाए । मुख्य प्रशासन अधिकृत माधब सापकोटाले जिन्दगीमा संघर्ष गर्ने दौरानमा अाएका अफ्ठ्यारा चिर्दै सफल गन्तव्यमा पुग्न सकिने हुँदा दृढता पुर्बक अध्ययन अध्यापनलाई अगाडि बढाउन विद्यार्थी र शिक्षकलाई अनुरोध गरे । नर्सिङ/ एच.ए. संकाय प्रिन्सीपल सुनी रानाले शिक्षक र विद्यार्थीको सक्रियतामा नै राम्रो नतिजा प्राप्त हुनेहुँदा सोही बाटोमा अगाडि बढेको बताईन । बरिस्ठ प्रशासन अधिकृत बिनोद घिमिरेले शैक्षिक वातावरण राम्रो बनाउन सबै लागिपरेको बताए । बक्ताहरुले स्वास्थ्य शिक्षा हाँसिल गर्न आएका विद्यार्थीहरुलाई उज्ज्वल भविष्यको कामना गर्दै कहिलै कत्तिपनि हरेस नखाई अगाडि बढ्न शुभकामना ब्यक्त गर्दै जिन्दगीमा अाउने हरेक परिक्षामा आत्मबलका साथ अगाडि बढ्न सुझाए । एच.ए. संकाय तृतीय बर्षका संयोजक समुन्द्र पाण्डे र प्रिन्सिपल रानाले नव अागन्तुक विद्यार्थीलाई सपथ खुवाए ।

विद्यार्थीहरुले विभिन्न खालका साकृतिक नृत्य देखाएका थिए । विद्यार्थी गोबिन्द बोगटीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सुवेक्षा अधिकारीले उपस्थित सबैलाई शब्दद्वारा स्वागत गरेकि थिइन् भने विद्यार्थी खगेन्द्र चापागाईं र मञ्जु थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra