सोमवार, साउन ४, २०८३ Monday 20th of July 2026

दुई वर्षदेखि डोल्पामा अपरेसन ठप्प

  • स्वास्थ्यपत्र संवाददाता
  • प्रकाशित मिति : आइतवार, मंसिर १५, २०७६


दुई वर्षदेखि डोल्पामा अपरेसन ठप्प

डोल्पा : जिल्ला अस्पताल डोल्पामा २ वर्षयता एउटै पनि शल्यक्रिया भएका छैनन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले विशेषज्ञ डाक्टर र शल्यक्रिया गर्ने चिकित्सक नपठाउँदा जिल्ला अस्पतालमा सामान्य शल्यक्रियासमेत रोकिएको हो। जिल्ला अस्पतालमा शल्यक्रिया रोकिँदा बिरामी जिल्ला बाहिरका अस्पताल जान बाध्य छन्।

सरकारसँग विशेषज्ञ सेवा दिने सम्झौता गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले डोल्पामा २ वर्षयता एउटै पनि विशेषज्ञ डाक्टर र सर्जन पठाएको छैन। डाक्टर अभावमा अस्पतालले शल्यक्रिया बन्द गरेको बताएको छ। प्रतिष्ठानले पछिल्लो २ वर्षयता कुनै पनि विशेषज्ञ चिकित्सक र सर्जन नपठाएको जिल्ला अस्पताल डोल्पाका प्रमुख डाक्टर सिजन रावलले जानकारी दिए।

एक जना विशेषज्ञ डाक्टर, सर्जन र शल्यक्रिया फाँटकै नर्ससहित अन्य दर्जन कर्मचारीका साथ हिमाली तथा पहाडी जिल्लाका अस्पतालमा सेवा दिने सम्झौता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सरकारसँग गरेको थियो। तर सम्झौताअनुसार सेवा नदिएपछि डोल्पाका बासिन्दा अपरेसन र उपचारबाट वञ्चित भइरहेका हुन्। ‘बारम्बार अनुरोध गरेका छांै। खाने र बस्न व्यवस्थापन पनि गरिएको छ,’ डा. रावलले भने, ‘तर यो र त्यो भन्दै अनेक बहानामा प्रतिष्ठानले डाक्टर पठाएको छैन। यसैकारण २ वर्षदेखि एउटै पनि शल्यक्रिया भएका छैनन्।’

जिल्ला अस्पतालमा अपरेसन बन्द हुँदा सबैभन्दा बढी समस्या प्रसूति विभागमा परेको छ। जिल्लामै विशेषज्ञ चिकित्सक र शल्यक्रिया गर्ने डाक्टर नहुँदा गर्भवतीलाई प्रसूति गराउन जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता छ। सम्झौता अुनसारको सेवा पनि नदिने र अन्य कुनै पनि निकायलाई सेवा सञ्चालन गर्ने बाटो पनि छेकिदिँदा डोल्पाका बिरामीले पाउने सेवा कटौती भएको जिल्ला अस्पतालले जनाएको छ।

नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले उपचार अभावमा बिरामीले अकालमै ज्यान गुमाउनुपर्ने अवस्था आएको दुखेसो पोखे। उपचार गर्नका लागि हेलिकप्टर चार्टर गरेर राजधानी वा अन्यत्र जानसक्ने क्षमता सबैको नभएको भन्दै उनले उपचार नै नपाइ बिरामीको मृत्यु हुने स्थिति आएको बताए। अन्नपूर्ण

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

Subscribe

© copyright 2016-2026 and all right reserved to Swasthaya Patra