शुक्रबार, साउन ११, २०८१ Friday 26th of July 2024

देवदह मेडिकल कलेजमा फुटसल प्रतियोगिता सुरू, के हो फुटसल ?

  • कृष्ण गाउँले
  • प्रकाशित मिति : सोमवार, मंसिर १६, २०७६


देवदह मेडिकल कलेजमा फुटसल प्रतियोगिता सुरू, के हो फुटसल ?

१६ मंसिर बुटवल
देवदह मेडिकल कलेज स्टुडेन्ट सोसाइटीको अायोजनामा देवदह मेडिकल कलेजको खेल मैदानमा फुटसल खेल सोमबार सुरुभएको छ । खेलको उद्घाटन गर्न खेलमैदान पुगेका प्रमुख अतिथि कलेजका डाइरेक्टर डाक्टर रजनिस जिन्दलले स्वास्थ जिवनको लागि खेलकुद महत्त्वपूर्ण हुने बताउँदै विद्यार्थीको सक्रियतामा सुरुभएको यो प्रतियोगिता सफलताको शुभकामना दिए । सोसाइटीका अध्यक्ष विमाञ्चल अधिकारीले कलेजका विद्यार्थी, डाक्टर, कर्मचारी तथा कलेज प्रशासनबिच राम्रो आपसी सम्बन्ध स्थापना गर्न यो समूह गठन गरेको बताए । खेलकुदको अलवा “पुवर प्यासेन्ट फन्ट” मार्फत उपचार नपाएर अलपत्र परेकाहरुलाई सहयोग गर्दै अाएको बताए ।
१९ समूह सहभागी भएको प्रतियोगितामा पुरूष तर्फ १० र महिला तर्फ ९ समुहले नाम दर्ता गराएको कार्यक्रम सञ्चालक आविष्कार पराजुलीले बताए । प्रतियोगितामा विद्यार्थीको अलावा डाक्टर, प्रध्यापक तथा कर्मचारीको टिम पनि दर्ता भएको पराजुलीले बताए । आजको उद्घाटन खेलमा बिगेनर्सका बिरुद्ध एनईएस प्लेयरले १ गोल हान्दै नतिजा आफ्नो पक्षमा पारेको छ ।

फुटसल खेल सम्बन्धि छोटो प्रतिक्रिया दिदै खेलाडी तथा छाला रोग विशेषज्ञ डाक्टर बिक्रम ज्ञवालीले  बढ्दो जनघनत्व, वस्ती विस्तार र खुल्ला ठाउँको अभावका कारण शारीरिक व्यायाम गर्न नपाएकाहरुका लागि फुटसल भरपर्दो विकल्प बनेको बताउँदै, तन्दुरुस्त रहनकोलागि यो उपयुक्त खेल अभ्यास रहेको बताए ।

फुटसल के हो ? यसको इतिहास र नियम

फुटसल भनेको ‘मिनी’ फुटबल हो । फरक के हो भने यो ‘इन्डोर’ खेलिन्छ । यसको मैदान ४० मिटर लामो र २० मिटर चौडा हुन्छ । प्रत्येक टिममा एक गोलरक्षकसहित पाँच खेलाडी हुन्छन् । नियम सबै फुटबलसँग मिल्दाजुल्दा देखिए पनि केही फरक छन् ।

यो सामान्यतः २० मिनेट प्रतिहाफ खेलाइन्छ । दुई हाफको बीचमा १५ मिनेटको विश्राम हुन्छ । फाउल, फ्रिकिक, पेनाल्टी, रातो र पहेँलो कार्ड सबै फुटबलका नियमसँग मिल्छन् । यसमा ६ मिटर टाढाबाट पेनाल्टी हानिन्छ ।

गोलरक्षकलाई ब्याक पास दिन पाइँदैन । बल नियन्त्रणमा लिएपछि गोलरक्षकले पाँच सेकेण्डभन्दा बढी समय बल ‘होल्ड’ गर्न पाउँदैन । खेलाडीले रातो कार्ड पाएको दुई मिनेटपछि अर्को खेलाडी मैदान प्रवेश गर्न पाउँछ ।

यो खेल सन् १९३० मा उरुग्वेका जुहान कार्लोस सेरियानीले सुरु गरेको इतिहास छ । उरुग्वेको स्थानीय भाषामा यसलाई ‘फुटोबल डे सालोना’ भनिन्थ्यो । फुटबलको नियमलाई आधार मानेर सेरियानीले फुटसलको नियम समेटेर नियम पुस्तिका प्रकाशन गरे । सन् १९३० को पहिलो फुटबल विश्वकप जितेपछि उरुग्वेमा फुटसल खेल्न थालिएको हो ।

फिफाले १९८९ देखि फिफा फुटसल विश्वकप सुरु गरेको पाइन्छ । नेदरल्याण्ड्स आयोजक रहेको पहिलो विश्वकपको विजेता ब्राजिल बन्यो । ब्राजिल फिफा फुटसल विश्वकपको सर्वाधिक पाँच पटकको विजेता हो । फिफाले आठ पटक विश्वकपको आयोजना गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra