शनिबार, माघ १९, २०८१ Saturday 1st of February 2025

रोयल र मर्फिनले उचाले फुटसलको उपाधी

  • कृष्ण गाउँले
  • प्रकाशित मिति : आइतवार, मंसिर २२, २०७६


रोयल र मर्फिनले उचाले फुटसलको उपाधी

२२ मंसिर बुटवल

देवदह मेडिकल कलेज स्टुडेन्ट सोसाइटीको आयोजनामा देवदह मेडिकल कलेजको खोल मैदानमा सञ्चालीत फुटसल प्रतियोगिताको उपाधी टिम रोयल र मर्फिनले उचालेका छन । पुरुष तर्फ एमबिबिएस प्रथम बर्षका बिरुद्ध एमबिबिएस दोस्रो वर्षको टिम रोयल डिएमसिले २ गोल हान्यो । त्यसैगरी महिला तर्फ टिम सेभियरको १ गोलका विरुद्ध एमबिबिएस तेस्रो बर्षको टिम मर्फिनले २ गोल प्रहार गर्यो ।

महिलातर्फ अत्याधिक गोलकर्ता निशाना पौडेल ६ गोल, उत्कृष्ट गोलकिपर एलिजा अर्याल तथा उत्कृष्ट खेलाडी अस्मिता थापा भए भने पुरुषतर्फ अत्याधिक गोलकर्ता निरञ्जन अर्याल ११ गोल, उत्कृष्ट गोलकिपर विवेक श्रेष्ठ र उत्कृष्ट खेलाडी सिर्जन लम्साल भए । पुस्कार बितरण कार्यक्रमका प्रमुख अतिथि कलेजका डाइरेक्टर डाक्टर रजनिस जिन्दल, विशिष्ट अतिथि प्राध्यापक डाक्टर बाबुराम पौडेल, तथा कायममुकायम प्रिन्सिपल प्राध्यापक डाक्टर पी.सि. महाजनले विजयी टिम तथा उत्कृष्ट खेलाडीलाई अबिर तथा पुरस्कार बितरण गरेका थिए ।

गत मंसिर १६ गते देखि सञ्चालन भएको फुटसल प्रतियोगितामा विद्यार्थीको अलावा प्राध्यापक, डाक्टर तथा कर्मचारी गरी १९ समूह सहभागी भएका थिए जहाँ पुरूष तर्फ १० र महिला तर्फ ९ समुह थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra