शनिबार, साउन २, २०८३ Saturday 18th of July 2026

नि:शुल्क मधुमेह तथा आँखा परिक्षण सम्पन्न

  • कृष्ण गाउँले
  • प्रकाशित मिति : सोमवार, मंसिर २३, २०७६


नि:शुल्क मधुमेह तथा आँखा परिक्षण सम्पन्न

लायन्स क्लब अफ बुटवल क्षितिजको अायोजनामा मंसिर २० गते शुक्रबार जनता माध्यमिक विद्यालय तिलोत्तमा १३, रुपन्देहीमा निशुल्क मधुमेह तथा आँखा परिक्षण सम्पन्न भयो ।

बिशेष त विद्यार्थीलाई लक्ष्यित गरि अायोजित कार्यक्रममा प्रमुख अतिथि डष्ट्रिक एड्भाईजर लायन्स पुरुषोत्तमभक्त प्रधानाङ्गले मानिसको दैनिक जीवनमा अाएको परिवर्तन संगै पछिल्ला दिनमा मधुमेह तथा भौतिक परिवर्तननले आँखाका रोगिको संख्या बढ्दै गएको अौल्याउनु भयो । विद्यालयका प्रधानाध्यापक प्रचण्ड के सि ले सधैं सेवा गर्न उत्साहित लायन्स क्लब अफ बुटवल क्षितिज परिवारलाई धन्यवाद ज्ञापन गर्नु भयो ।

उपस्थितलाई स्वागत क्लबका अध्यक्ष लायन फवन लाकौलले गर्नु भयो । बिशेष गरि शहरमा मधिरापान, धुम्रपान, चिल्लोपन तथा रातो मासुको प्रयोगले मधुमेह रोगीको संख्या बढ्दै गएको कुरा निवर्तमान अध्यक्ष लायन नारायण बहादुर थापाले बताउनु भयो । शरिरको मोटोपनका कारण मधुमेह रोग तथा मधुमेह रोगको जोखिम उच्च रहेको चिकित्सकहरु बताउँछन् । बढी चिल्लो र मसलेदार खाना नखाने, नियमित शारीरिक ब्यायाम गर्ने गरियो भने यो रोग लाग्नै नसक्ने बिज्ञहरु बताउँछन् । रोगिले चिकित्सकको सल्लाह बमोजिम अौषधिको सेवन गर्नु राम्रो हुन्छ । लायन्स क्लब अफ बुटवल क्षितिजले मासिक रुपमा नियमित नि:शुल्क मधुमेह परिक्षण गर्दै अाएको छ । मधुमेह परिक्षणको अलावा यसपटक क्लबले आँखा परिक्षण गरेको हो ।

कहिले हिलपार्क गेटमा, कहिले बसपार्कमा, कहिले प्रहरी चौकीमा, कहिले अनाथालयमा त कहिले सडकमा नि:शुल्क परिक्षण सुबिधा दिदै अाएको कार्यक्रम अन्तरगत यो महिना विद्यालयमा २५० जनाको परिक्षण गरिएकोमा १५ जनामा मधुमेह देखिएको थियो साथै ३५१ जना विद्यार्थीको आँखा परिक्षण गरिएको कुरा क्लबका सचिव क्षितिज प्रधानले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

Subscribe

© copyright 2016-2026 and all right reserved to Swasthaya Patra