शनिबार, जेष्ठ ५, २०८१ Saturday 18th of May 2024

बृहत् रक्तदान तथा मधुमेह परिक्षण कार्यक्रम सम्पन्न

  • कृष्ण गाउँले
  • प्रकाशित मिति : मङ्लबार, मंसिर २४, २०७६


बृहत् रक्तदान तथा मधुमेह परिक्षण कार्यक्रम सम्पन्न

२४ मंसिर, बुुुटवल: निरोगी ब्यक्तिले रक्तदान गर्दा अाफु स्वस्थ हुनका साथै बिरामीहरुको जिवन बचाउ सकिन्छ र त भनिन्छ ‘रक्तदान जीवन दान’ । बिरामी हुदा कसैलाई रगतको अभावमा कतै समस्या नपरोस् भन्ने हेतुले लायन्स क्लब एरिया ४ को आयोजनमा ट्रफिक चोक बुटवलमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । एरिया ४ अन्तर्गतका २१ वटा क्लबले सहभागी जनाएका थिए । कार्यक्रममा सहभागी मध्ये बाट १५३ युनिट रगत जम्मा भएको थियो ।

त्यसैगरी नेपाल बार एशोसियसन रुपन्देहीको अधिबेशनको अवसर पारेर नि:शुल्क मधुमेह परिक्षण कार्यक्रम सिद्दार्थ कटेज बुटवलमा सम्पन्न भएको छ । सहभागी मध्ये २०३ जनाको मधुमेह परिक्षण गरिएको थियो जुन कार्यक्रममा लायन्स क्लब अफ बुटवल क्षितिज, लायन्स क्लब अफ बुटवल इमेर्जिङ युथ र लियो क्लब अफ बुटवल क्षितिजको संयुक्त अायोजना रहेको कुरा लायन्स क्लब अफ बुटवल क्षितिजका अध्यक्ष फवन लाकौलले बताए ।
बार एशोसियसनको कार्यक्रममा सहभागीहरुले लायन्स क्लब अफ बुटवल क्षितिजको संयोजनमा सम्पन्न कार्यक्रम प्रति कृतज्ञता ब्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra