शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

लुम्बिनी प्रादेशिक अस्पतालमा करोडौको उपकरण प्रयोगहिन

  • कृष्ण खनाल
  • प्रकाशित मिति : शुक्रबार, पुस ४, २०७६


लुम्बिनी प्रादेशिक अस्पतालमा करोडौको उपकरण प्रयोगहिन

बुटवल
लुम्बिनी प्राविधिक अस्पतालमा करोड लागतकको उपकरण डेढ बर्ष देखि विग्रीएर थन्कीएको छ । खासगरी एचआईभी संक्रमितहरुको लागि चेक जाँचमा प्रयोगहुने सिडीफोर मेसिन विगत डेढ बर्ष देखि विग्रीएको हो ।
अस्पतालमा आउने एच आई भी संक्रमितहरुको रगतमा के कती मात्रामा रोग प्रतिरक्षा शक्ति छ भन्ने पत्ता लाउने मेसिन विग्रदा उक्त चेक जाँचको लागि अन्य जिल्ला र काठमाण्डौको भर पनुर्पे अवस्था आएको छ ।
अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा एक गैर सरकारी संस्थाको सहयोगमा एच आई भी संक्रमितहरुको लागि नियमित औषधी खुवाउने कार्यक्रम जारी रहेको छ । तर उक्त मेसिन विग्रीएको कारण जाँचको लागि बाहिर पठाउनुको बाध्याता छ ।
लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र प्रसाद खनालले विग्रीएको मेसिन तत्काल मर्मत संहारको लागि प्राविधिक नभएको कारण लामो समय देखि नै अलपत्र परेको बताउछन । उनले यसको लागि भारतबाट प्राविधिक र विग्रीएको उपकरण ल्याउनुपर्ने भएको कारण पनि समय लागेको बताए ।
तर केही दिन पहिला भारतबाट प्राविधिक ल्याएर मर्मत संहार गरेको अस्पताल प्रशासनको दावि छ । मर्मत गरिएको भनेको मेसिनबाट अहिले सम्म कुनै पनि जाँच गरिएको छैन ।
लुम्बिनी प्रादेशिक अस्पतालमा जारी एचआईभी संक्रमितहरुको उपचार पद्धतीको विषयमा सहयोग गर्दै आएको संस्था ए.एच.एफ नेपालका प्रतिनिधि धर्मराज भट्राईका अनुसार सिडीफोर मेसिनबाट कुनै पनि उचआईभी संक्रमीतहरुको उपचारका सुरु गर्न भन्दा पहिला गरिने चेक अफ हो । जसले कुनै पनि संक्रमीतको उपचार गर्दा अन्य कुनै पनि रोगले आक्रमण नगरोस भन्ने हेतुले यसको डिी फोर काउन्ट गरिन्छ ।
उनी भन्छन्–‘डेढ बर्ष देखि विग्रीएको मेसिन केही दिन पहिला मात्रै भारतबाट आएर प्राविधिकहरुले मर्मत गरेकाछन्, मेसिनको चाँच सकियो तर मानिसको जाँच सुरु गर्न सकिएको छैन ।’
यस विषयमा विज्ञता हासिल गरेका एक जना प्राविधिकको कपिलवस्तुमा सरुवा भएर गएपछि मेसिन मर्मत संहार भएपनि यसले काम गर्न नसक्ने अवस्था रहेको भट्राईको भनाई रहेको छ । खासगरी एचआईभि संक्रमितहरुको साप्ताहीक रुपमा, मासिक रुपमा सिडीफोर काउन्ट गर्ने गरिन्छ । जसले गर्दा उनीहरुको रोग संग लड्ने शक्ती के कती मात्रामा छ भन्ने कुरा जानकारी हुन्छ । सोही अनुसारको उपचार चलाउने गरिन्छ ।
रगत परिक्षणबाट गरिने यो काउन्ट मेसिन विग्रीएपछि यसको अलवा ६÷६ महिनामा चेक गरिने भाईरल लोड मेसिन मगाउने समेत कार्य अगाडी बढेको थियो । यद्यपी यो मेसिन खरिद प्रक्रियामा गएको छैन । मेसिन को मुल्य करिव १ करोड भन्दा बढि पर्ने भएको कारण एचआईभी तथा एड्सरोग संमन्वय शाखा काठमाण्डौ र विभिन्न दातृ नियकायको सहयोगमा ल्याउने प्रयास गरिएको लुम्बिनी प्रादेशिक अस्पताल प्रशासनले जनाएको छ ।
एच आईभी संक्रमितहरुको अहिले ६/६ महिनामा भाईरल लोड चेक अफ हुदै आएको छ । जसको लागि काठमाण्डौ मात्रै यो मेसिन भएको कारण अन्य स्थानमा यो मेसिन छैन ।
लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले विग्रीएको मेसिन मर्मत संहार पछि नियमित रुपमा सञ्चालनगर्ने व्यवस्था आफुले मिलाउने बताएका छन् । उनले भने–‘प्राविधिक अभावमा मेसिन बन्द हुनु हुदैन, यसमा हामी मिलाउदै छौं ।’
(बुटवल टुडेमा प्रकाशित समाचार पुनः टाईप गरीप प्रकाशन गरिएको हो)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra