शनिबार, साउन २, २०८३ Saturday 18th of July 2026

मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा कृष्ण अधिकारी सहित ५ सदस्य नियुक्त

  • स्वास्थ्य पत्र सम्बाददाता
  • प्रकाशित मिति : मङ्लबार, पुस ८, २०७६


मेडिकल काउन्सिलको  रजिष्ट्रारमा डा कृष्ण अधिकारी सहित ५ सदस्य नियुक्त

काठमाडौ : सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा कृष्ण अधिकारी नियुक्त गरेको छ।

सोहि बैठकले रिक्त पाँच सदस्य पदमा डा हरिहर अवस्थी, डा सुप्रभात श्रेष्ठ, डा प्रेनितकुमार पोखरेल, डा. सन्ध्या चापागाईं र किशोर बिक्रम मल्ललाई नियुक्त गरेको बताइएकाे छ। डा कृष्ण अधिकारी र डा सुप्रभात यसअघि पनि काउन्सिल सदस्य थिए।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले मन्त्रालयकाे जिम्मेवारी सम्हालेपछि अघिल्ला मन्त्री उपेन्द्र यादवले मन्त्रिपरिषद्मा पेश गरेका प्रस्ताव फिर्ता मगाएका थिए। जसमा विभिन्न काउन्सिलहरूमा रिक्त पदमा पदपूर्ति गर्ने प्रस्ताव पनि थिए। उनले एक महिनापछि मन्त्री ढकालले एक्सनमा गएकाे संकेत दिएका छन्।

उनले यसअवधिमा स्वास्थ्य मन्त्रालय नयाँ भएकाे भन्दै बुझ्ने र सुन्ने चरणमै रहेकाे बताउँदै आएका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

Subscribe

© copyright 2016-2026 and all right reserved to Swasthaya Patra