आइतवार, साउन ३, २०८३ Sunday 19th of July 2026

प्युठानमा १२ स्वास्थ्य संस्था किशोर/किशोरीमैत्री सेवा प्रवाहमा अब्बल

  • सलिम अन्सारी
  • प्रकाशित मिति : मङ्लबार, पुस ८, २०७६


प्युठानमा १२ स्वास्थ्य संस्था किशोर/किशोरीमैत्री सेवा प्रवाहमा अब्बल

प्युठानका १२ स्वास्थ्य संस्था किशोर/किशोरीमैत्री स्वास्थ्य सेवा प्रवाहका लागि पुर्ण योग्य भएका छन् । सेवाको गुणस्तर अभिबृद्धी तथा प्रमाणिकरण सामाग्री २०७२ बमोजिम नौ वटा विभिन्न मापड्ण्ड पूरा गरि स्वास्थ्य सेवा बिभागको परिवार कल्याण महासाखाले यश बर्ष जिल्लाका थप ६ वटा स्वास्थ्य संस्था किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा प्रवाहका लागि प्रमाणिकरण गरेको हो । गत आर्थिक बर्षमा जिल्लाका ६ वटा स्वास्थ्य संस्था प्रमाणिकरण भईसकेका थिए । महाशाखाका निर्देशक डा भीमसिहँ तिङ्कारी नेतृत्वको टोलि जिल्लामै पुगेर स्वास्थ्य संस्था प्रमाणिकरण गरेको हो । यस बर्ष प्राथमिक स्वास्थ्य केन्द्र खलगाँ,तोरबाङ,धरमपानी,बर्जिबाङ सापडाडा र देविस्थान स्वास्थ्यचौकी किशोर–किशोरीमैत्री सेवाका लागि प्रमाणिकरणमा परेको स्वास्थ्य कार्यालय प्रमुख विशाल सुबेदिले जानकारी दिए। आर्ठिक बर्स २०६६/६७ बाट देशका ५ जिल्ला बर्दिया,दैलेख,सुर्खेत,जुम्ला,बैतडीका २६ वटा स्वास्थ्य संस्थाबाट किशोर किशोरी यौन तथाप्रजन्न स्वास्थ्य कार्यक्रम निर्देसिका बमोजिम सुरु भएको अभियान अन्तर्गत प्युठान जिल्लाका साबिकका ४९ वटै स्वास्थ्यसंस्था किशोर किशोरीमैत्री सुचीकृत भैसकेका छन । यश अघि प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्री,सोत्रे,गोठिबाङ,खैरा,बरौला र ओखरकोट स्वास्थ्यचौकीले उक्त सेवा प्रवाह गरिरहेको सुबेदिले जनाए।
स्वास्थ्य चौकी आफैं, स्वास्थ्य कार्यालय र परिवार स्वास्थ्य महाशाखाले मापदण्ड पूरा गरे/नगरेको बारेमा अनुगमन गरेपछि सेवा प्रवाहका लागि प्रमाणित भएका हुन् । किशोर किशोरीमैत्री सेवाप्रवाहले गर्दा स्वास्थ्यका अन्य सुचकमा समेत सुधार ल्याउन सहयोग पुगेको स्वास्थ्य प्रमुख सुबेदिले बताए।चालू आर्थिक बर्षमा अन्य ५ वटा स्वास्थ्यसंस्थाहरु किशोर किशोरीमैत्री स्वास्थ्य सेवा प्रमाणिकरण गर्ने योजना रहेको स्वास्थ्य कार्यालय प्युठानले बताएको हो। आर्थिक बर्ष २०७४/७५ को स्वास्थ्य सेवा बिभागको बार्षिक प्रतिबेदन अनुसार नेपालमा ७३ र प्रदेस ५ का १८ वटा स्वास्थ्य संस्था प्रमाणिकरण भैसकेको महासाखाले बताएको छ। स्वास्थ्य संस्था प्रमाणिकरण भए पश्चात् गुणस्तरिय स्वास्थ्य सेवा सुनिश्चिता,व्याबस्थापन,किशोर किशोरीको अधिकार,सीप तथा क्षमता अभिबृद्धी र दिगोपनाको आधारको सुनिश्चितता हुने छ।

यी हुन प्रमाणिकरणका सुचकहरु

किशोर किशोरीमैत्री सुचीकृत भएपछी सेवाको गुणस्तर र दिगोपनाको आधारमा स्वास्थ्य सेवा बिभागले प्रमाणिकरण गर्छ। प्रमाणीकरण भएको ५ बर्षपछि पुन मापड्ण्ड मुल्याकंन गरेर प्रमाणिकरण गर्नुपर्ने प्राब्धान छ। महाशाखाका अनुसार प्रमाणिकरणका लागि किशोर–किशोरीहरूको आवश्यकताअनुसारका स्वास्थ्य सेवा भएको हुनुपर्ने, किशोर–किशोरीहरूका लागि प्रभावकारी सेवा प्रवाह भएको हुनुपर्ने, किशोर–किशोरीले सेवा लिने उपयुक्त वातावरण भएको हुनुपर्ने, किशोर–किशोरीको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी ज्ञान दिन सक्षम भएको हुनुपर्ने व्यवस्था छ । त्यस्तैगरी चाहेकै बेला सजिलैसित किशोर–किशोरीले सेवा लिन सक्ने, सूचना र सञ्चारमा जागरुक बनाउन सक्ने, सीपमा आधारित यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धीको सीप प्रदान गर्ने सक्ने, किशोर–किशोरीको यौन तथा प्रजनन स्वास्थ्य अधिकारको उपयोग गर्न सक्ने व्यवस्था रहेको हुनुपर्ने प्राबधान छ ।

के छ रणनिती ?

स्वास्थ्य क्षेत्र रणनिती २०१५?२०२० तथा नेपाल स्वास्थ्य क्षेत्र रणनिती कार्यान्वयन योजना २०१६/२०१९ लाई ध्यानमा राख्दै हाल नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले किशोर किशोरी स्वास्थ्य तथा बिकास रणनिती २०७५ निर्माण गरि कार्यान्वयनमा ल्याएको छ। यो कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुन सके नेपालको दिगो बिकास लक्ष २०३० हासिल गर्न उल्लेख्य टेवा पुग्ने बिश्वास महाशाखाले लिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

Subscribe

© copyright 2016-2026 and all right reserved to Swasthaya Patra