शनिबार, साउन २, २०८३ Saturday 18th of July 2026

भिम अस्पतालमा बालरोग विशेषज्ञ सेवा सुरु

  • स्वास्थ्य पत्र सम्बाददाता
  • प्रकाशित मिति : बुधबार, पुस ९, २०७६


भिम अस्पतालमा बालरोग विशेषज्ञ सेवा सुरु

भैरहवा – भैरहवामा रहेको भीम अस्पतालमा बालरोग विशेषज्ञ सेवा सुरु गरिएको छ। विशेषज्ञ चिकित्सकको अभावमा दरवन्दी भएर पनि सेवा दिन नसकिरहेको अवस्थामा करारमा बालरोग विशेषज्ञ डाक्टर नियुक्त गरेर अस्पतालमा बालरोग विशेषज्ञ सेवा शुभारम्भ गरिएको हो।

भीम अस्पताल विकास समितिले बालरोग विशेषज्ञ डा. आरिफ हुसेनलाई बालरोग विशेषज्ञको जिम्मेवारी दिएको अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले जानकारी दिए। भीम अस्पतालमा आवश्यक पूर्वाधार र उपकरण उपलब्ध भए पनि दरबन्दीका डाक्टर नहुँदा विशेषज्ञ सेवा सञ्चालन हुन सकेको थिएन।

अस्पतालबाट हाल २४ घण्टा फार्मेसी सेवा सञ्चालन भइरहेको छ भने ल्याब र एक्स–रे सेवा १२ घण्टा प्रदान गरिँदै आएको छ। ल्याब र एक्स–रे पनि अब छिट्टै २४ सै घण्टा सेवा दिने गरी तयारी भइरहेको अस्पतालका सूचना अधिकारी उपाध्यायले बताए। उनका अनुसार अस्पतालमा अब छिट्टै नै हाइड्रोशिल अप्रेशन र स्थायी परिवार नियोजन सेवा पनि सुरु गर्ने तयारी छ।

तीन शैयाबाट सुरु भएको अस्पतालले २०३५ सालमा १५ शैया र २०४१ सालबाट २५ शैयाको सुविधा प्रदान गर्दै आएको छ।अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालले शल्यक्रिया सेवा अन्तर्गत पेट चिरेर पाठेघरको शल्यक्रिया गर्न थालिएको बताए। उनका अनुसार अस्पतालले हालै मात्र जनरल फिजिसियन सेवा पनि सुचारु गरेको छ।

भीम अस्पतालबाट हाल वार्षिक करिब ७० हजारले सेवा लिइरहेको अस्पतालका सूचना अधिकारी उपाध्यायले जानकारी दिए। सरकारबाट २५ बेडको स्वीकृती प्राप्त जिल्ला अस्पतालमा हाल ६० बेड छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

Subscribe

© copyright 2016-2026 and all right reserved to Swasthaya Patra