शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

देवदह मेडिकल कलेजमा शनिवार पनि ओ.पि.डि. सेवा

  • कृष्ण गाउँले
  • प्रकाशित मिति : शुक्रबार, पुस ११, २०७६


देवदह मेडिकल कलेजमा शनिवार पनि ओ.पि.डि. सेवा

बुटवल : बिगत लामो समयदेखि शिक्षा तथा स्वास्थ्य सेवा दिदै आएको देवदह नगरपालिका वार्ड नं. ९, भलुहि रुपन्देहीमा अवस्थित देवदह मेडिकल कलेजमा पुस १२ गते देखि शनिवार पनि १० बजे देखि १ बजेसम्म ओ.पि.डि. सेवा दिइने भएको छ । बिरामीको मागलाई मध्यनजर गर्दै यो सेवा सुरुगरिएको अस्पताल प्रशासनले जनाएको छ । सर्जरी, स्त्री तथा प्रसुती, बाल रोग, मेडिसिन, रेडियोलोजी लगायतका बिभागमा विशेषज्ञ डाक्टरहरुले शनिवार पनि सेवा दिने कलेज सञ्चालक डाक्टर रज्निस जिन्दलले बताए । सामान्यतया प्रायःजसो स्वास्थ्य सस्थामा शनिवार ओ.पि.डी. सेवा बन्द हुनेगर्छ तर अब देवदह मेडिकल कलेजले दिने यो सेवाबाट सेवाग्राही लाभान्वित हुने कुरा डाक्टर जिन्दलले बताए । सो कलेजमा रू ५० को ओ.पि.डि . टिकटमा एकैपटकमा १ वा भन्दा बढी विशेषज्ञ चिकित्सक सेवा लिन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra